काठमाडौंं- अहिले मौसम परिवर्तनको समय हो। हरेक वर्ष यो बेला रुघाखोकी लाग्नेगरेकै थियो। तर यसपटक कोरोना संक्रमण फैलिएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ।
हुन पनि हाे, सामान्य रुघाखाेकी लागेकाे हाे कि काेराेना, कसरी छुट्याउने?
यस विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको भनाइ यस्तो छ :
मौसमी रुघाखोकीका लक्षण
नाकबाट पानी आउने
नाक बन्द हुने
हाच्छिउँ आउने
शरीर दुख्ने
हल्का ज्वरो आउने
टाउको दुख्ने
शरीर दुख्ने
सामान्य उपचार तथा आरामले फाइदा गर्ने
छोटो समयमा निको हुने
अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने
कोरोना संक्रमणका लक्षण
उच्च ज्वरो आउने
सुक्खा खाेकी लाग्ने
एकदम थकाइ लाग्ने
सास फेर्न गाह्रो हुने
स्वाद वा र गन्ध थाहा नहुने
घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने
खाना नरुच्ने
निको हुन १० दिन लाग्न सक्ने
अक्सिजन र आईसीयूको उपचार आवश्यक पर्न सक्ने
यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरूलाई प्रयोग गर्न नदिने, तापक्रम, अक्सिजन हेरिरहने, आवश्यक परे पीसीआर टेस्ट गर्ने, चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने।