काठमाडौं- पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् । आज १५ हजार ५७७ जनाको कोरोना परीक्षण भएको छ। नेपालमा कोरोनाको आशंकामा परीक्षणको कुल संख्या १२ लाख ७ हजार ९१ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार १२९ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा १७४६ जना, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।