काठमाडौं- नेपाल टेलिकमले ९० दिनसम्मको अटम अफर योजना र फेस्टिभल अफर सार्वजनिक गरेको छ।
टेलिकमले असोज २९ गतेबाट लागू हुनेगरी ९० दिनको लागि हाल दिँदै आएको समर अफरमा उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर ल्याएको हो।
यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई लक्षित गरी फेस्टिभल अफर समेत ल्याएको छ।
अटम अफर
अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुने भएको छ। यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ मा युट्युब अनलिमिडेड र फेसबुक अनलिमिडेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ।
यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एड अन प्याकसमेत खरिद गर्न सकिने टेलिकमले जनाएको छ।
यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ। त्यसैगरी १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने टेलिकमको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याकअन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएको टेलिकमले जनाएको छ।
त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत् राखिएको टेलिकमले जनाएको छ।
यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ भएको छ।
त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ। वान डे डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिलेभन्दा बढी हुने टेलिकमको भनाइ छ।
यसअन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १८ रुपैयँमा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज १५ रुपैयाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ।