काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा २००८ जना, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
देशमा कुल संक्रमितमध्ये ६९.५ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४७० छ।