गाेरखा- शहिद लखन गाउँपालिकाकाे मनकामनाका १५ जना सहित गाेरखामा आज २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको शहिद लखन गाउँपालिका भित्र मात्र थप २० जनामा कोरोना संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै आरुघाट गाउँपालिकामा १ जना, बारपाक सुलिकोट गाउँपालिकामा १ जना र गण्डकी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण भएकाे हाे ।
शहिद लखनको मनकामना क्षेत्रमा एकैदिन ठूलो संख्यामा संक्रमित भेटिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।
यो संगै गोरखा जिल्लामा आज एकैदिनमा २४ जनामा संक्रमणको पुष्टी भएको हो । संक्रमित सवै कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरि परीक्षणका लागि पठाइएकाहरु रहेको निर्देशनालयले जनाएको छ ।