गोरखा- गाेरखाका विभिन्न नगरपालिका र गाउँपालिकामा गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सब इन्सपेक्टर, पूर्वाधार विकास कार्यालय र भीमसेन थापा गाउँपालिकाका कर्मचारी सहित ३६ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमण देखिएकामध्ये गोरखा नगरपालिकाका १५, पालुङटार नगरपालिका ९, अजिरकोट गाउँपालिकाका ६, भिमसेनथापाका ३, र आरुघाट गाऊँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।