काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४ हजार ९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
योसँगै नेपालमा एक लाख २८ हजार ८ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७६ दशमलव ७ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार १४ हजार ९ सय ८९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म १४ लाख ३४ हजार ५३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३८ हजार ३ सय ५७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।