काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर कुल संक्रमितमध्ये ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ।
हाल क्वारेन्टाइनमा २ हजार ६ सय ६६ रहेको मन्त्रालयले जनाएको छ।