काठमाडौं- नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु एक हजारले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन ९७ हजार २०० मा कारोवार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार २०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन बिहीबार ९५ हजार ७०० मा कारोवार भएकोमा आज एक हजारले वृद्धि भई ९६ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला ४५ ले वृद्धि भएको छ ।
बिहीबार प्रतितोला एक हजार २१० मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २५५ मा कारोवार भएको छ ।