काठमाडौं– नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ११ सय भन्दा बढी पुगेको छ।
आइतबार थप २१ जना संक्रमितको मृत्यु भएपछि कुल मृतकको संख्या १ हजार १ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८१७ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।
हाल देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख ४० हजार ०७७ जनाको पिसिआर परीक्षण भएको छ।