गोरखा- निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको योजना छनौट भएकाे छ । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र नं २ (ख) का २५ याेजनालाई २ कराेड रकम बाडँफाँड गरिएको हाे ।
प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीको संयोजकत्वमा रहेको कार्यक्रम निर्देशक समितिको बैठकले योजना छनौट गरेको हाे। कार्यक्रम अन्तर्गत दुई करोड रुपैयाँमध्ये ५ लाख रुपैयाँ प्रशासनिक खर्च राखेर विभिन्न २५ वटा योजनाका लागि बाँकी रकम बाडँफाँड गरिएको छ ।
बारपाक-सुलिकाेट ‘माेह’
नेपाली कांग्रेसबाट निर्वाचित सांसद दवाडीकाे संयाेजकत्वमा रहेकाे समितिले बिशेष गरी बारपाक-सुलिकाेट गाउँपालिकालाई प्राथमिकता दिएकाे छ । सांसद दवाडी बिशेष गरी यहि निर्वाचन क्षेत्रमा बढि सक्रिय छन् । नेकपा निकटका मतदाता धेरै रहेकाे भनिएकाे याे स्थानीय तहमा सांसद दवाडीकाे ‘माेह’ बढि नै रहेकाे छ ।
निर्वाचन क्षेत्र अर्न्तगत उनी हरेका महिना बारपाक-सुलिकाेटमा मात्रै पुग्छन् । मानाैं, उनकाे याे तहभन्दा अरू तह निर्वाचन क्षेत्रमा नपर्लाझै। पैसाको आडमा राजनीतिमा आएका सांसद दवाडी निर्वाचित हुनुभन्दा अघि समेत यहि क्षेत्रमा बढि सक्रिय थिए ।
‘मेराे राजनीति समाजकै टेवाका लागी, मेराे राजनीति तपाईहरूकाे सेवाका लागी’ भन्दै राजनीतिमा हाेमिएका दवाडी बारपाक-सुलिकाेटमा मात्रै किन सक्रिय छन् ?
के-के छन् याेजना
निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अर्न्तगत २ (ख) मा २५ याेजना अर्न्तगत ८७ लाख बारपाक-सुलिकाेट गाउँपालिकामा मात्रै परेछ । सिरानचाेकलाई ६३ लाख र अजिरकाेटलाई ५० लाख बाडँफाँड गरिएको छ ।
बारपाक सुलिकोटका १२ याेजनालाई ८२ लाख
समितिले बारपाक सुलिकोट २ को राङरुङ कोदेफेदी तुम्सीका मोटरबाटो निर्माणका लागि २५ लाख, बारपाक सुलिकोट ३ को माझथर मावि घेराबारका लागि ८ लाख, बारपाक सुलिकोट ३ को हुवामे ठोमो, छेलिङ, बौद्ध समाज घर अधुरो भबन निर्माणका लागि ७ लाख, बारपाक सुलिकोट ४ को हात्तिसुडे मन्दिर निर्माणका लागि ६ लाख, बारपाक सुलिकोट ८ को पहरे मनकामना युवा क्लव खेलमैदानका लागि ४ लाख, बारपाक सुलिकोट ५ को जलकन्या देवी मावि घेराबार निर्माण ५ लाख, बालकन्यादेवी मन्दिर निर्माण बारपाक सुलिकोट ४ का लागि ५ लाख रुपैयाँ छुट्याइएको छ ।
बारपाक सुलिकोट २ को पोखरी खेलमैदान निर्माण २ लाख, बारपाक सुलिकोट २ मान्द्रेको भगवती आधारभुत विद्यालय घेराबार निर्माणमा ५ लाख, बारपाक सुलिकोट ३ को सिरानथर गम्वाङ मोटरबाटो निर्माणका लागि ८ लाख, बारपाक सुलिकोट ६ को माईकोट महिला सामुदायिक भबन निर्माण ४ लाख र बारपाक सुलिकोट ४ को शिवशक्ति युवा क्लव खेलमैदान निर्माण ३ लाखसहित ९ याेजनालाई ८२ लाख रकम बिनियोजन भएकाे छ ।
सिरानचोकका ६ याेजनालाई ६३ लाख
सिरानचोक गाउँपालिका ५ मा चाँदनी हरिबले लालीगुराँस सामुदायिक भबन निर्माणका लागि २० लाख, सिरानचोक ३ हार्मीमा चम्पावती माविमा घेराबार निर्माणका लागि १० लाख, सिरानचोक ८ मा चिप्लेटी खप्टे उम्रुङ सामुदायिक भबन निर्माणमा ९ लाख, सिरानचोक ४ को फिरफिरे आरुबारी सामुदायिक भबन निर्माण ५ लाख, सिरानचोक ६ मा नामरुङ आमा समुहको भबनका लागि ९ लाख र स्याँदीखोलादेखि छतिन खोला सिंचाई आयोजनाका सिरानचोक ८ का लागि ५ लाखसहित ६ याेजनालाई ६३ लाख रकम बिनियोजन गरिएको छ ।
अजिरकोटका ५ याेजनालाई ५० लाख
अजिरकोट गाउँपालिका ४ मा बसेल कृषि तथा पशु फर्म निर्माणका लागि २५ लाख , अजिरकोट ४ को हिमालय माविको घेराबारका लागि ८ लाख, अजिरकोट ३ को पँधेरा खोल्सी खोप केन्द्र डाँडाबासी गोढेखोला ढल तथा मोटरबाटोका लागि ६ लाख, अजिरकोट २ खरिबाेटकाे प्रभा मावि अपुनको घेराबार निर्माणका लागि ४ लाख, सिरानचोक ५ मा कृषि तथा पशुपालन पूर्वाधार निर्माणमा ५ लाख, सयपत्री कृषि समुह भैँसी बाख्रा गोठ निर्माण अजिरकोट ३ का लागि ५ लाख र अजिरकोट गाउँपालिका ४ महावीर खेलमैदान तथा सामुदायिक भबन जाने गोरेटो बाटो निर्माण २ लाखसहित ५ याेजनालाई ५० लाख रकम बिनियोजन गरिएको छ ।