अष्ट्रेलिया- सिड्नीको आरवी हेयर एण्ड व्युटि लन्जले ‘विजनेस अचिभमेन्ट अवार्ड’ पाएकाे छ । स्थानीय सरकार मार्फत हरेक बर्ष प्रदान हुने विजनेस अचिभमेन्ट अवार्ड २०२० बाट सम्मानित हुँदै लन्ज उत्कृष्ट व्यवसायको सम्मान पाएको हो ।
स्थानीय सांसद मार्क कौरले पसलमै आएर उक्त अवार्ड प्रदान गरेको सञ्चालक सन्देश राजभण्डारीले जानकारी दिए । स्थानीय सरकारले हरेक बर्ष यस प्रकारको अवार्ड प्रदान गर्दै आएको छ । यस अघि पनि याे व्यवसाय उत्कृष्ट व्यवसायहरुको छनौट सूचीमा परेको थियो ।
२०१३ मा अष्ट्रेलिया छिरेका सन्देश र मौसमी दम्पतीले २०१८ मा यस व्यवसाय शुरु गरेका हुन् । उनीहरु दुवैले यस व्यवसायसँग सम्बन्धित विषय नै अध्ययन गरेका थिए । हाल उनीहरुले आफुहरु सहित ८ जनालाई यसमा रोजगारी समेत दिएका छन् ।
अवार्ड पाइसकेपछि उनले आफ्नो व्यवसायलाई अझै ग्राहकमैत्री र गुणस्तरीय सेवा दिने अठौट गरेका छन् ।
‘ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना सदैव रहनेछ’ उनले भने, ‘अझ यस प्रकारको अवार्ड हामीलाई धेरै हौसला मिलेको छ, राम्रो गर्न खोज्नेहरुलाई राम्रै हुने रहेछ भन्ने पनि प्रमाणित भएको छ।’