काठमाडौं- पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितमा लामो समयसम्म संक्रमण देखिन थालेको छ।
पत्रकार शान्ति लामा ४३ दिनसम्म संक्रमणको पीडामा छिन्। उनले ३८ दिनमा परीक्षण गर्दा पनि संक्रमण देखिएको खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।
लामालाई सुरुकका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउनेसम्मका सबै लक्षण देखिए।
नेपाल टेलिभिजनमा कार्यरत पत्रका केशवराज विष्टलाई संक्रमण मुक्त हुन ३५ दिन लाग्यो। यी त कोरोना संक्रमणबाट लामो समयसम्म एकान्तवासमा रहेका प्रतिनिधि पात्र हुन्।
नेतादेखि अभिनेतासम्म, नागरिकदेखि उच्च पदस्थ अधिकारी पनि लामो समसयसम्म कोरोना संक्रमण मुक्त हुन सकेका छैनन्। तर, चिकित्सकहरु लक्षण छन् भने पनि १४ दिनपछि निर्धक्क रुपमा नियमित काममा निस्कँन कुनै असर नपर्ने बताउँछन्।