काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७०३ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा बुधबार थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १७ लाख १० हजार ४६० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६०१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १७ हजार ३३७ जना सक्रिय संक्रमित छन्।
आज १ हजार २३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।