काठमाडौं- यो साता नेपाली बजारमा सुनको भाउ ओरालो ट्रेण्डमा रह्यो । साताको पहिलो दिन ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताको अन्त्यमा तीन हजार रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा झर्यो ।
एक साता अवधिमा चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको गिरावट देखियो । घट्दो मूल्य र विवाहको सिजन लगायतका कारणले सात महिनासम्म बन्द सुन बजारमा खरिद बिक्रीको चहल पहल बढेको छ ।
सामान्य अवस्थाको तुलनामा करिब ३५ प्रतिशतसम्म मात्रै व्यवसाय चलिरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको सुनको भाउ सोमबार पनि यथावत नै थियो । तर मंगलबार सुनको भाउ तोलामै एक हजार आठ सय रुपैयाँले घट्यो ।
बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा पाँच रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ थियो । विहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार भने तोलामा दुई सय रुपैयाँले सस्तिएर ९१ हजार तीन सय रुपैयाँमा झरेको छ ।