काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४०४ जना निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ।
मनत्रालयले संक्रमणबाट थप २५ जनाको मृत्यु भएको जनाकारी दिएको छ। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४७९ पुगेको मन्त्रालयले जनाएको छ।