काठमाडौं- सरकारले सोमबारबाट कोरोना भाइरस परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ।
कोरोना भाइरस पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए।
काठमाडौं उपत्यकाका कोरोना प्रभावति क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको छ।
काठमाडौं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण सुरु गरिएको हो। डा.पाण्डेका अनुसार काठमडौं महानगर क्षेत्रमा कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ।
सोमबार पाँचसय जनाको एन्टिजेन परीक्षण गरिएको छ। एन्टिजेनबाट २०/२५ मिनेटमै कोरोना परीक्षणको गरी रिपोर्ट आउने पाण्डेले बताए।