गाेरखा- गोरखा निर्वाचन क्षेत्र नम्बर २ का सांसाद डाक्टर बाबुराम भट्टराईले स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गतकाे चार करोड रुपैयाँबाट विभिन्न याेजनाहरु छनाैट गरेका छन् ।
डाक्टर भट्टराइले सडकलाई पहिलाे र सामुदायिक भवनहरुलाई दाेश्राे प्राथमिकता दिदै याेजना छनाैट गरेका हुन् ।
बिभिन्न ३० वटा योजनामा उक्त रकम विनियोजन भएकाे छ । जसमा गोरखा नगरपालिकामा ८० लाख, पालुङटार नगरपालिकामा १ करोड ४८ लाख ४० हजार, सिरानचोक गाउँपालिकामा ७५ लाख, अजिरकोट गाउँपालिकामा ३५ लाख र बारपाक सुलिकोट गाउँपालिकामा ५८ लाख रुपैयाँ बिनियोजन भएको छ ।
तीन करोड ९६ लाख ४० हजार योजनाका लागि र तीन लाख ६० हजार प्रशासनिक खर्च छुट्याइएको छ ।
गोरखा नगरपालिकामा ८० लाख
पूर्वाधार बिकास कार्यक्रमबाट गोेरखा नगरपालिका भित्र कोभिड १९ आइसोलेसन भवन व्यवस्थापनका लागि २० लाख, गोरखा नगरपालिका ८ को आहाले भञ्ज्याङ–अर्घाले गाउँ कृषि सडक तथा भुपाल गाउँ सामुदायिक भवन निर्माणका लािग १० लाख, वडा नम्बर ९ को तमु समाजको अधुरो भवन निर्माणका लागि १० लाख, १० को छपन्न गल्ली कोलदेखि पिटुस्वाँरा कृषि सडक निर्माणका लागि १० लाख रुपैयाँ बिनियोजन गरेका छन ।
त्यस्तै गोरखा नगरपालिका ११ मा शिवालय मन्दिर बडहरा सडकका लागि १० लाख, १२ को स्वास्थ्य चौकी छाँप गाउँहुदै दरौदी जाने सडक निर्माणका लागि १० लाख र वडा नम्बर १३ को भट्टबेसी खेलमैदान तथा रौदी खोल मर्घखोला सडक निर्माणका लािग पनि १० लाख रुपैया बिनियोजन गरेका छन् ।
पालुङटार नगरपालिकामा १ करोड ४८ लाख
यसैगरी पालुङटार नगरपालिका ३ स्थित असीमुरे–सिउडेनी–डुम्री डाँडा हुदै आँपपिपल सडक निर्माणका लागि २९ लाख, वडा नम्बर १ को ज्योति चौतारा–बेलबास–कोलकाटे हुदै खुर्पाजुङ सडक निर्माणका लागि १५ लाख ४० हजार, सुन्दरखोला–ठुलोगौरी–अन्नपूर्ण सडक तथा ज्योती चौतारा–चापागाउँ सडक निर्माणका लागि १७ लाख रुपैयाँ बिनियोजन गरेकाे बताइएकाे छ ।
सोही कार्यक्रम अन्तरर्गत पालुङटार नगरपालिका ४ स्थित बेलटार–मगरखोल्सा हुदै २ को घोप्टेस्वाँरा–न्यौपाने खोला सडक निर्माणका लागि १५ लाख, हर्मीकोट दलित गुठी भवन तथा सिमपानी युवा क्लबको भवन निर्माणका लागि १० लाख रुपैया छुट्याइएको छ ।
त्यस्तै गरी पालुङटार नगरपालिका ३ राउतेपानीमा सगरमाथा प्रावि भवन निर्माणका लागि १० लाख, ६ मा रहेको साम्पा छोयलिङ गुम्बा निर्माण तथा तालपोखरी घेराबारका लागि १२ लाख, ८ को दायखेत कट्जाले जोड्ने तादीखोला पुल निर्माणका लागि १० लाख, ९ स्थित टासी छोयलिङ गुम्बा निर्माणका लागि १० लाख, बिर्दी भन्ज्याङ डाँडा राम्चे सडक मर्मतका लागि १० लाख, ७ को दलित एकता उत्थान समितिको भवन निर्माणका लागि १० लाख बिनियोजन गरिएको छ ।
सिरानचोक गाउँपालिकामा ७५ लाख
सिरानचोक गाउँपालिका ५ मा पर्ने भालुस्वाँरा–चित्रेगाँउ हुदै चिहानडाँडा सडक स्तरोन्नतीका लागि २० लाख, ३ का् श्रीनाथ मण्डली सामुदायिक महिला सहकारी भवन निर्माणका लागि १५ लाख, १ को ढाडबेसी कुडार हुदै चिहानडाँडा सडक स्तरोन्नतीका लागि १० लाख, ६ को नयाँसाधु जेष्ठ नागरिक केन्द्र भवन निर्माणका लागि १० लाख, ७ को लिप्से सामुदायिक भवन तथा जुनाकुमार स्मृति प्रतिष्ठान भवन निर्माणका लागि १०, दलित एकता समाजको पालिका स्तरीय भवन निर्माण लागि १० लाख रुपैयाँ छु्टयाइएको छ ।
अजिरकोट गाउँपालिकामा ३५ लाख
त्यस्तै गरी अजिरकोट गाउँपालिका ४ मा रहेको जडिबुटी संकलन केन्द्र तथा प्रशोधन केन्द्रका लागि २० लाख, बालुवा–मिलिम–ध्याचोक–धनसेरा सडक स्तरोन्नतीका लागि १५ लाख विनियाेजन गरेका छन् ।
बारपाक सुलिकोट गाउँपालिकामा ५८ लाख
बारपाक सुलिकोट गाउँपालिका १ को बारपाक सामुहिक चिहानबाट मूलबाटो सडक निर्माणका लागि २० लाख, बालुवा–जोगीडाँडा सडक स्तरोन्नतीका लागि १८ लाख, ताकुकोट कृषि सहकारी कृषि उपज संकलन केन्द्र निर्माणका लागि १० लाख, र वडा नम्बर ८ को पन्द्रुङ लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि १० लाख बिनियोजन गरिएको छ ।