काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट तानाशाह प्रवृति विरुद्द आन्दोलन जारी रहने बताएका छन् ।
तनहुँको ब्यास नगरपालिकमा रहेको पुल उद्घाटन पछि नेता पौडेलले फेसबुकमा लेखेका छन्, ‘लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता, नेपाली कांग्रेस माथिको घोर अपमान र अत्याचारप्रती खेद गर्दै अब कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्द हाम्रो आन्दोलन जारी रहनेछ ।’
उनले सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिति, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरित तनहुँको कार्यक्रम रोक्ने काम भएको पनि बताएका छन् ।
उनले घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउन पनि माग गरेका छन् ।
बुधबार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि पुल उद्घाटन रोकिएको थियो ।
आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्नबाट प्रशासन पछि हटेको पनि पौडेलले जनाएका छन् ।