काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप १ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ खा ३९ हजार ८८५ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २०६ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको जम्मा संख्या २ लाख २४ हजार ५३ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ ।