काठमाडौँ- इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको छ।
नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया सुरु गर्ने बताएका छन ।
नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ।
सम्झौतापत्रमा असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो।
सोही सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिनादेखि कामदार छनौटको प्रक्रिया सुरु गरिने राजदूत गोडरले बताएका छन।
सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जानसक्ने पनि राजदूत गोडरले बताएका छन। सम्झौता अनुसार सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जानेछन्। यस्तै नेपली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षणसमेत पाउने छन्।