गाेरखा- सेन्टर फर डेमोक्रेटीक ईन्जिनियर्स नेपाल (सिडेन)काे केन्द्रिय सदस्यमा गाेरखाका ई. प्रियस ढकालकाे उम्देदवारी परेकाे छ । जिल्लाकाे सिरानचाेक गाउँपालिका वडा न ७ का ढकाल लामाे सयमदेखि ईन्जिनियरिङ्ग क्षेत्रमा काम गर्दै अाएका छन् ।
नेपाली कांग्रेस निकटकाे शुभेच्छुक संस्था सिडेनको पौष ४ मा हुने गइरहेकाे छैटौं कार्यसमितिको लागि हुन गईरहेको निर्वाचनका उनले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका हुन् ।
अध्यक्ष पदका लागि ई. उमेश प्रसाद थानी र ई. धुब्र थापाको उमेद्वारी परेको छ। पाटी सभापती देउवा निकट रहेका ई. थानी प्यानलबाट ढकालले केन्द्रिय सदस्य पदको उमेद्वारी दिएका हुन्।
लामो समय सरकारी तथा गैर सरकारी क्षेत्रमा काम गरेका ई. ढकाल ईन्जिनियरहरुको पेशागत हकहित तथा सुरक्षाको निम्ति उमेद्वारि दिएको बताउछन्। विद्यार्थी जिवन देखि राजनितिमा होमिएका ढकाल काठमाण्डौं ईन्जिनियरिङ्ग कलेजका ईकाइ सचिब थिए भने सिडेन गोरखा कमिटीका प्रमुख सल्लाहकार पनि हुन।
१८ सदस्यिय कमिटिमा १३ केन्द्रिय सदस्य हुन पाउने नियम छ। १३ केन्दिय सदस्यको लागि २९ जनाको उमेद्वारी परेको छ। कांग्रेसकाे भातृ तथा शुभेच्छक संस्थाहरुको लामाे समय देखि अधिबेशन नभैरहेको अवस्थामा हुन लागेको ईन्जिनियर्सहरुको निर्वाचनलाई चासोको साथ हेरिएको छ। सिडेन कार्य समितिबाट ६ जना ईन्जिनियर्सहरू कांग्रेसकाे महाधिबेशन प्रतिनिधि भएर जान पाउने नियम छ ।