गोरखा- ४५ लाख लागतमा बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ को ताक्लेनान्मा ‘बुुद्ध पार्क’ निर्माण भएकाे छ । गाउँपालिकाको ४० लाख र वडा कार्यालयको ५ लाखमा स्थानीयहरुले श्रमदान गरेर पार्क निर्माण गरेका हुन् ।
बारपाकमा आउने पर्यटकहरुलाई आकर्षण बढाउने उदेश्यले बुद्ध पार्कको निर्माण गरेको गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बताए । पार्क भित्र ५ फिट अग्लो बुद्धको मूर्ति सहित मानीहरु राखिएको छ भने नाक्लेनान्न बुद्ध पार्क नाम दिइएको छ । पार्कमा पर्यटक आकर्षित गर्ने खालको स्तुपा राखिएको छ ।
बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको बारपाकमा निर्माण गरिएको बौद्ध पार्कले त्यहाँ पुग्ने पर्यटकहरुलाई अार्कषक गर्ने उद्देश्यले पार्क निर्माण गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।
थोरै क्षेत्रफलमा पार्क निर्माण गरिएको भएपनि आर्कषक ढुङगाको प्रयोग गरेर पार्क निर्माण गरिएकाले उत्त पार्कले बारपाकको शोभा झनै बढाइ दिएको छ ।
‘पार्कमा प्राकृतिक स्वरुप झल्किएको छ, उनले भने, ‘बारपाक पुग्ने पर्यटकलाई अब एकैछिन भएपनि बौद्धपार्कले अल्मल्याउने निश्चिछ छ ।’ बौद्ध पार्क निर्माण भएसंगै बारपाकमा भित्रै अर्को पर्यटकिय गन्तव्य निर्माण भएको अध्यक्ष भट्टले बताए ।