काठमाडौं– नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ। बुधबार दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।
सरकारले अकस्मात ल्याएको संवैधानिक परिषद्सम्बन्धी छलफल गर्न पदाधिकारी बैठक बोलाएको बताइएको छ। बैठकमा सोमबार गरिएको सरकारविरुद्धको प्रर्दशनको समीक्षासमेत गरिने बताइएको छ।
बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ।