काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध महाभियोग लगाउनुपर्ने बताएका छन्।
संवैधानिक परिषद्सम्बन्धी अध्ययादेश ल्याएर प्रधानमन्त्री ओलीले महाभारतका दुर्योधनले द्रौपदीको चीरहरण गरेझैं संविधान र लोकतन्त्रको हुर्मत लिएको डा. भट्टराईको आरोप छ।
अब गनगन गरेर मात्रै बस्ने कि ओलीका थप हर्कत रोक्न बेलैमा संसद् अविधेशन र महाभियोगतर्फ लाग्ने भनेर सत्ताभित्रका तथा विपक्षी दलका नेताहरूलाई पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रश्न गरेका छन्।
डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहँदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू बैठक/वक्तव्यवाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो?’
महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक/वक्तब्यवाजी/गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेसन र महाभियोग तर्फ लाग्ने हो?
— Baburam Bhattarai (@brb1954) December 15, 2020