काठमाडौं- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले माइतीघर पुगेर उखु किसानकाे आन्दाेलनमा एक्यवद्धता जनाएमा छन् ।
मिल मालिकबाट उखुको भुक्तानी नपाएकाे भन्दै आतबारबाट माइतीघरमण्डलमा आन्दोलित छन् । शुक्रबार दिउँसाे नेता पाैडेलले माइतीघर पुगेर समाजवाद उन्मुख राज्यमा किसानकाे अवस्था यही हाे भन्दै प्रश्न उठाएका थिए ।
उनले भने, ‘राज्यकाे यत्राे संयन्त्र हुँहुँदै कसरी उम्कन्छन् व्यापारी । पक्राउ पुर्जी जारी गर्ने तर व्यवहारमा काम नगर्ने भएन ।’
सरकारले उखु किसानकाे भुक्तानी नदिने मली मालिकका नाममा पक्राउ पुर्जी जारी नाटक मन्चन गरेकाे पाैडेलकाे आराेप छ । उनले उखु किसानकाे आन्दाेलनमा काँग्रेस पनि गरहेकाे बताए ।
उनले भने, ‘काँग्रेस पनि याे आन्दाेलनमा छ । किसानका माग प्रति सरकार गम्भीर देखिएकाे छैन । सरकारलाई गम्भीर बन्न मेराे आग्रह छ ।’ कम्युनिस्टहरूले कामभन्दा पनि भाषण मात्र गरेकाे पाैडेलले आरोप लगाए ।