काठमाडौं- नेकपा सचिवालयका सदस्य तथा गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहने भएका छन्।
आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएपछि पूर्वमाओवादी पक्षका पाँच र माधव नेपाल पक्षका दुईसहित सात जना मन्त्रीहरूले राजीनामा दिएका छन्।
पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर तथा पूर्वएमालेबाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराईले राजीनामा दिएका हुन्।
पूर्वमाओवादी पक्षबाट गृहमन्त्री बनेका थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा घोषणा गरेनन्। यसले उनीहरू दुवै जना प्रधानमन्त्री ओलीको साथमा रहेको देखिएको छ।