काठमाडौं– पूर्वसभामुख तथा नेकपा नेता कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव आगामी केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय नेकपाले गरेको छ।
केन्द्रीय कमिटी बैठक ७ गते बोलाइएको छ। आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले उनलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको हो।
सभामुख पदका लागि सिफारिस भएपछि महराले नेकपाबाट राजीनामा दिएका थिए। गत वर्ष बलात्कारको आरोप लागेपछि उनको सभामुख पद गुमेको थियो।