गाेरखा- सुशिला अधिकारी स्मृति प्रस्तिस्ठान नेपाल (समिट नेपाल)ले जिल्लाकाे अजिरकोटस्थित जीवन ज्योति माबिमा हरेक बर्षझै यो बर्षपनि छात्रवृत्ति बितरण गरेको छ ।
दुई बर्ष अघि मस्तिष्कघात भएर अजिरकोट-३,गोरखा निवासी सुशिला अधिकारी को असामयिक निधन भएपछि उनका परिवार-सुभचिन्तकले अक्षयकोश स्थापना गरि स्वास्थ र शिक्षामा काम गर्ने हेतुले समिट नेपालको स्थापना गरेका थिए ।
पुस ५ गते सुशिला अधिकारीको स्मृतिदिवशकै दिन जीवनज्योति विद्यालयमा विभिन्न शिर्षकमा छात्रवृत्ति बितरण गरेका हुन् । सुशिला अधिकारी स्मृतिमा सर्वोकृस्ट विद्यार्थी कक्षा ५ र आठ´ अनि
जेहेन्दार विद्यार्थी´शिर्षकमा रु ५०००को दरले तीन जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्ति कार्यक्रममा १ देखि ३ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाइ एक-एक दर्जन कापी र सिसाकलम बितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै `समिट नेपाल´का संस्थापक अध्यक्ष कुस्माखर अधिकारीले आगामी बर्षहरुमा कार्यक्रमलाई अझ बिस्तार गर्दै विद्यार्थीहरुलाइ केन्द्रमा राखेर कार्यक्रमहरु गरिने बताए ।
समिट नेपालले अघिल्लो बर्षमा भच्चेक स्वास्थचौकीमा रु १५ लाख बराबरको डिजिटल एक्स रे मेसिन जडान गरिदिएको छ । एक्स रे सुबिधा पाएसंगै यहाँका स्थानीयलाई सदरमुकाम पुग्नैपर्ने बाध्यता कम भएको स्वयं स्थानीय बताउँछन् ।
यसैगरी ,यस समिट नेपालले गोरखाकै अजिरकोट-२ ज्ञान ज्योति उच्च मा बि मा समेत हरेक बर्ष दुई जेहेन्दार विद्यार्थीलाई रु ३५०० को दरले छात्रवृत्ति प्रदान गर्दै आइरहेको कुरा समिट नेपालका महासचिव राजन गोतामेले कार्यक्रममा बताए ।
यस्ता छात्रवृत्ति कार्यक्रमले दुरदराजका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाइ प्तोत्साहन मिल्नेगरेको विद्यार्थीहरुले बताए ।