काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) को प्रचण्ड समूहका अध्यक्ष माधव नेपालसँग चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन् ।
राजदूत यान्छी र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।
कोटेश्वरस्थित नेपालको निवासमा भएको भेटमा उनीहरुबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको हो । यसअघि यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।