गोरखा- ऐतिहासिक बारपाक-सुलिकोट गाउँपालिकाको ‘सुलिकोट डाडा’मा जनप्रेमी युवा क्लब जराङले सरसफाइ गरेको छ ।
पछिल्लो समयमा चर्चाको शिखरमा लम्कदै गरेको ऐतिहासिक सुलिकोट डाडाको वरिपरि सार्वजनिक ठाउँहरुमा क्लबले सरसफाइ गरेको हो ।
आन्तरीक तथा बाह्य पर्यटकको आगमनसंगै सुलिकोट डाडामा फोहोर बढ्न थालेपछि क्लवले सरसफाइको कार्यक्रम गरेको हो ।
साथै विभिन्न ठाँउमा डस्बिन, होडिङ बोर्डसहितका सरसफाइ अभियान कार्यक्रम सुरू गरेको हो । अभियानलाई सफल पार्न क्लवले आर्थिक समितिसमेत गठन गरेको छ । माघे सक्रांतिमा जराङ कपदेखि विभिन्न समाजिक कार्य गर्दै आएको क्लवले यो अभियानमा सहयोग गर्न आग्रह समेत गरेको छ ।
ऐतिहासिक सुलिकोट डाडा
सुन्दर, आकर्षक र आममानीसको रोजाईमा रहेको यो डाडाको बारेमा पछिल्लो समय बिभिन्न गुनासाहरु पनि सुनिन थालेका छन। उनका अनुसार सुलिकोट डाडामा आन्तरिक तथा बाह्य पर्यटन बढाउन स्थानीय सरकारले विभिन्न पदमार्ग निर्माण गरेको छ । त्यसका कारणपनि यो क्षेत्रमा फोहोर बढेको उनले बताए ।
युवायुवती देखि बृद्धासम्म पनि त्यस ठाँउमा रमाउन झुम्न मन पराउछन। डाडामा पुगेका पर्यटकहरुले प्राकृतिक सम्पदाले भरीपुर्णद स्वर्गीय आन्नद आउने बताउने गरेका छन् ।