नेपालको प्रदेश नं. २ मा पर्ने सिरहा जिल्लामाअवस्थित मिर्चैया नगरपालिका तराई क्षेत्रको एक महत्वपूर्ण व्यापारीक, औद्योगिक तथा पर्यटकीय केन्द्रको रूपमा स्थापित छ । सिरहा क्षेत्रमा पहिला देखि नै घना जंगल रहेको र स्थानीय भाषामा रुखका जरालाई ‘शिर’ भनिने भएकोले पछि यो ठाउँलाई सिरहा भन्न थालिएको पाइन्छ ।
सिरहा इलाका पहिले सप्तरी राज्य अन्तर्गत पर्दथ्यो । सिरहा (सप्तरी) इलाका नेपालको पूर्वी क्षेत्रको चौदण्डी राज्यको मातहत रहेकोमा सुगौली सन्धि पछि सन् १७७३ देखि नेपालअधिराज्यको एक भागको रुपमा गाभिएको देखिन्छ । पूनः संरचना आयोगको प्रतिवेदन लागू भएपछि सिरहा जिल्लामा गाउँपालिका संख्या ९ र नगरपालिका संख्या ८ कायम भएको छ ।
त्यस मध्ये मिर्चैया पनि एक हो । मिर्चैया नगरपालिका क्षेत्रमा पहिले पहिले खोर्सानीको बोटजस्तै झारका बोटहरु प्रशस्तै हुने र खोर्सानीलाई तराईमा मिर्च भन्ने चलनअनुसार खोर्सानी जस्तो झारको नामबाट यस स्थानलाई मिर्चैया भनी नामाकरण भएको त्यहाँका स्थानीय बासिन्दाकाे भनाई रहेको पाईन्छ ।
यस नगरक्षेत्रमा ३ प्रकारको भौगोलिक श्रृङ्खला रहेको पाइन्छ । उत्तर तर्फ पर्ने चूरे क्षेत्र जहाँ वलौटे र खुकुलो माटोको पत्र रहेको छ भने मध्य भागको चूरेको फेदीलाई भावर भनिन्छ । यो क्षेत्रमा वन जंगल कम हुनाले सुख्खा र पानीको अभाव रहेको छ । तल्लो समथर भू–भागमा वाक्लो खालको दोमट माटो भेटिन्छ ।
यो क्षेत्र वढी उब्जाउशील रहेको देखिन्छ तर समथर हुनाले वाढी पहिरोको जोखिम वढी पाइन्छ । मिर्चैया नगरपालिकामा विभिन्न ऐतिहासिक तथा पर्यटकिय धरोहरहरु जस्तैः कमल दह, ढोल वजा, दुर्गा मन्दिर, सहलेश मन्दिर, राजदेवीमन्दिर, महादेव मन्दिर, कवीर मन्दिर, मस्जिद,महावीर मन्दिर, हनुमान (गदवा), मदर्साआदिअवस्थित छन् । यसमध्ये प्रमुख ऐतिहासिक तथा पर्यटकिय धरोहर कमल दहको बारेमा विवेचना गर्न सान्दर्भिक ठानिन्छ ।
कमल दह मिर्चैया नगरपालिकाको भगवानपुर महलवोनामाअवस्थित छ । कमलदहहरुमा दहवार्ने माताले विराजमान गरेको पाइन्छ । यो कमल दह धार्मिक एवं पर्यटकीय क्षेत्र हो । यो चुरेपहाडको काखमाअवस्थित छ । यस दहवाट देखिने हरियाली मनमोह, दृश्यले जो कोही को मन नलोभ्याउने कुरै छैन ।
कमलदहमा जान सिद्धार्थ राजमार्ग घुर्मि वजार वाट ६ कि.मि र मिर्चैया कटारी चोक वाट ८ किमि उत्तर तर्फ पर्दछ । स्थानीय जानकारका अनुसार कमल दह धेरै पुरानो धार्मिक एवं पर्यटकीय धरोहरहो । यस दहमा दह वार्नेमाताले विराजमान गर्नुभएको छ । यो देवपित्रको वासस्थानहो । यहाँ ५६ करोड देवताको वास छ । यहाँ ३६५ दिनै पुजा हुन्छ ।
मुख्य मेला यहाँ कात्तिकको ठूलो एकादशीमा ३ दिन र नववर्ष वैशाखमा २ र ३ गते विशेष भिडभाड हुन्छ । साथै, ठूलो एकादशीपर्व यहीँपुजा पाठ एवं स्नान गरी मनाइन्छ भने वैशाख २ गते पर्ने यस क्षेत्रको जुड शितलपर्व पनि यहाँ विशेष रुपमा हजारौं भक्तजनले मनाउँछन्, सो समयमा यहाँ मेलाको आयोजना गरिएको हुन्छ साथै, सो मेलामा खेलकुद मुख्य आकर्षण कुस्ती हुन्छ । यस दह वार्नेमाताले मानिसको मनोकामना पुरा गर्नुहुने भनाई छ ।
यहाँवलीएवं पुजन सामाग्री चढाइन्छ । कमलदहको दक्षिण तर्फ केही मन्दिर र आकर्षणको रुपमा ठूलो शालीग्राम छ । यस क्षेत्रमा लगाएको नयाँवालीहरु सवै भन्दा पहिले पाकेपछि दह वार्ने मातालाई चढाएर खाने चलन छ । १०–१५ वर्ष पहिले कमलदहको पानी त्यस भेगको मानव वस्तीले पिउने गर्दथे । कमल दह हालमिर्चैया नगरपालिकाले माछा मार्ने ठेक्कालगाएको र ठेकदारले दहको कमलको फुल सवै हटाएर शोभाविगारेको जानकारहरुको भनाई छ ।
जानकारहरु यस धार्मीक एवं पर्यटकीय स्थलको संरक्षण छिटो भन्दा छिटो गरी कमलदहलाई आकर्षण धार्मिक एवं पर्यटकीय स्थाल प्रचार प्रसार गरी विकासमा अगाडी वढाउनु पर्ने स्थानीय सरकारसँग अपेक्षा राख्दछन् । यस कमलदहको बारेमा जानकारहरुबाट विभिन्न रोचक किंम्वदन्तिहरु पाइयो । सो मध्ये केही जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छ ।
हात्तीलोप तथा भाँडा वर्तन निस्कने भनाई
स्थानीयजानकारका अनुसार कमलदहमा धेरै वर्ष पहिले १ सेठ (महाजन) दह वरिपरि पाइने जंङ्गलीअन्न काट्न हात्तीमाआएका र दह वर्ने मातालाई नबक्साइ वा अनुमती विनानै सो जङ्गलि अन्न काटेकोले माता रिसाई महाजनको हात्तीनै विलयमान गराएको र पछि महाजनले पुन दह वार्ने मातालाई स्तुती गरि सवामन लड्डु चढाउने भाकल गरि सो भाकलअनुसार लड्डु चढाएर हात्तीपाएको भनाइ छ ।
कमलदहमा वनभोज तथा पुजा आजामा आवश्यक भाँडा वर्तन निस्कन्थ्यो । सो क्रममा एक वनभोजका भोज गर्ने समूहले भोज समाप्ति पछि एउटा भाँडा आफूसँगै घर लिएर गएको र त्यसो गर्दा उनीहरु सवार गाडा गोरुको जुवामा नाग आई बाटो छेकेकोले पुन सो भाँडा कमलदहमा लगी जस्ताको तस्तै राखिदिएपछि नाग हटेर वाटो खुल्ला भएको थुप्रै भनाइ छ ।
विश्वमा सूचना र संचारको जगतमा एक्काइसौं शताब्दीमा देखिएको दु्रतविकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरुपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरुबाट मूलतःप्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ ।
विकासशील देशहरु उनीहरुको लागि वस्तु तथाश्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरुले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिलगर्दै ऐतिहासिक तथा पर्यटकिय क्षेत्रबाट आएको पाइन्छ ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोवारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनैतिकअवस्थाको सही पहिचानर उपयोगबाट विकासोन्मुख देशहरुले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ ।
विश्वको बद्लिदो आर्थिक परिवेशलाई आत्मसाथ गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि संचालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा माहामारीको रुपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाई, दिदि बहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्याहल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडी बढाउनु अपरिहार्य छ ।
समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशाएवं भरोशाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरुको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवा मूलक व्यवसायमा जोड दिदै पर्यटनलाई नयाँ आयामका साथ कृषि पछिको मुख्य व्यवसायका रुपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकताहो ।
यस क्षेत्रमा तुलनात्मक रुपमा मध्यम स्तरको जनशक्तिएवं कमपूँजी र प्रविधिवाटै सञ्चालन गर्न सकिने श्रम प्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रष्ट देखिन्छ । नेपाल विश्वमान चित्रमा अद्धितीय प्राकृतिक एवम् साँस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मकलाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रुपमा रहेको छ ।
जसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ । भगवान गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रुपमा मात्र विश्वमा परिचित नभई पर्यटन, जलश्रोत, प्राकृतिकतथा सांस्कृतिक सम्पदाहरुको धनीएवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रको रुपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको सङ्गम स्थल रहेको क्षेत्र हिन्दू तथाबौद्धमार्गी ऋषिमुनिहरुको तपोभूमि एवं विश्राम स्थलको रुपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरुकाबीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुुदायको साझाफूलबारी हो ।
यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवंम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनीभएपनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमिले सोचे अनुसार पर्यटकहरुको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवंम् पर्यटकीय स्थल हुँदा छुट्टै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रष्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरु भएपनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन ।
व्यापारीक, औद्योगिक तथा सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण मिर्चैया नगरपालिका क्षेत्र आन्तरिक एवं वाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक सम्पदा एवंम् वातावरणको संरक्षण र सम्वद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहना अनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।
यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा नगरपालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरुको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरुलाई पर्यटन सम्पदाको रुपमा विकास गर्न र पर्यटन सम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाईदैन । यस क्षेत्रका पर्यटकीय संभावना वोकेको अधिकांश स्थलहरु नगरपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्थाअझै कमि छ ।
कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रुपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, मिर्चैया नगरपालिका क्षेत्रको लागि पर्यटकीय संभाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतःपर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
यस क्षेत्रको समग्र आम्दानीमा व्यापारीक, औद्योगिक तथा पर्यटन व्यवसायलाई पनि एक दीगो स्रोत सृजना गर्न र अन्तर नगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । मिर्चैया नगरपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने आवश्यक देखिन्छ ।
नगरपालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरुको संरक्षण सम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरु मध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरुको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा विकास गर्न आवश्यकता रहेको छ ।
पर्यटनको माध्यमबाट कामवा रोजगारी श्रृजना गरी अवसर जुटाई गरिबीन्यूनीकरण गर्दै यस मिर्चैयानगरपालिका क्षेत्र भित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । कमलदह जस्ता पर्यटकीय स्थलमा पर्यटन आगमनमा वृध्दिहुने संभावना प्रचुर रहेकोले विद्यमान नीति, कानून र प्रकृया अनुरुप पर्यटनलाई एक उद्योगको रुपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुने छ ।