केपी ओली।
अर्थात् ,
खड्कप्रसाद ओली।
आजको दिनमा ‘केपी ओली’ ब्यक्तीको नाम मात्र होइन, प्रवृत्ति भैसक्यो ।
एकै छिन ब्यक्ति केपी ओलीबारे कुरा गरौं नहै।
झापा आन्दोलनका भगौडा।
नेपालमा बिगत केही दशक देखी भएका हरेक आन्दोलनका बिरोधी ।
सिङ्गो समाज आन्दोलनको मोर्चामा दत्तचित्त भएर प्राणको आहुती फिन तयार भएको समयमा पनिू बयलगाडा चढेर अमेरिका पुगिन्नू भन्दै तुच्छ शैलीमा आफ्नो उखाने शैलीको प्रचार गरिरहने नेता।
संघीयता, धर्मनिरपेक्षता समाबेशी लोकतान्त्रिक ब्यवस्थाको निरन्तर बिरोधि ।
मतलव,
अग्रगमन भन्दा पस्चगमन रुचाउने बिरलै पाइने अवगुण भएकानेतृत्व।
केपी ओलीलाई समाजले चिन्ने प्रमुख कर्म यीनै हुन् ।
तर,
यतिमा मात्र उनलाई सिमित गरियो भने त्यो दुर्भाग्य हुन जान्छ। किनकी, उनी अहिलेका हाम्रा ‘भाग्य विधाता’ हुन् । जिन्दगी भर जुन ब्यवस्थाको बिरोध गरिरहे, अन्ततः त्यही ब्यवस्थाबाट सर्वोच्च पदमा पुग्न सफल नेतृत्व ।
गाउँघरकाे पहिलाे स्तम्भ : गाँउघर : ‘भच्चेक’ बन्दैछ
कस्तो भाग्यमानी है।
एकपल्ट सोच मत,
ओली भाग्यमानी होलान् कि नेपाली समाजको महानता होला?
ओलीका बारे छुटाउनै नहुने अन्य कयौं कुरा छन् ।
उनी तीन पटकसम्म मृत्युको मुखमा पुगेर बालबालवा भनौं सत्ता-शक्ति-राज्य श्रोतको पहुँचताले बांचेका मान्छे हुन् ।
सामान्य औंषधी उपचार समयमै नपाएर मर्नुपर्ने बहुसंख्यक नेपाली समाजको धरातलीय यथार्थ भएको बर्तमान सन्दर्भमा ओली प्राण घातक रोग लागेता पनि विशेषज्ञ उपचार समयमै पाएकै कारण बांचिरहेका बिरलै पाइने भाग्यमानी हुन् ।
मृगौला फेल भएपछी पैसाअनि नाता प्रमाणित गर्नुपर्दाको कानुनी जटिलताले ज्युउंदै मर्नुपर्ने समयमा उनी दुई-दुई पटकसम्म गोरु बेचेको साइनो भएकालाइ आफ्नै रगतको नाता बनाएर मृगौला प्रत्यारोपण गर्न पाउने भाग्यमानी हुन् ।
मान्छेहरु ओलीको प्रमुख शक्ति उनकै इच्छा शक्ति भएको बखान लगाउंछन् । मलाई ताजुब लाग्छ (राज्यकै सम्पुर्ण विशेषज्ञ डाक्टरको चौबीसै घन्टाको निरन्तर निगरानी अनि राज्य शक्तिको असीमित दोहन गर्न नपाएको भए उनमा त्योइच्छा शक्ति आउँथो होला र ?
मृगौला खराब हुनेबित्ति कै आफ्नो घरघडेरी लगायतसम्पूर्ण जायजेथा बेचेर पनि सडकमा माग्नुपर्ने नियती रहेका नेपालीको यथार्थ बीच कहाँबाट इच्छा शक्ति आउँछ होला ?
तपाइँले कहिल्यै ख्याल राख्नुभएको छ ?
पढनुभएको छ ?
सुन्नुभएको छ ?
सम्झनुभएको छ ?
केपी ओलीले अहिलेसम्म राज्यकोषबाट आफ्नो उपचार खर्चको नाममा लिएका रकम तपाईं हाम्रो पसिनाको थोपा-थोपा मिसिएको छ।
केपी ओली हामीप्रती सदैब अनुग्रहित हुनुपर्ने हो।
छन् ?
आज यो प्रश्नको जवाफ खोज्ने बेला होइन ।
बस् , उनलाई कुशल स्वास्थको प्राथना गर्दै उनले गरेका कुकर्म अनि दिएका धोकाको बारे बिरोध गर्ने समय हो।
केपी ओलीको भाषण त जरुर सुन्नुभएकै होला?
उनलाई सुनिरहंदा लाग्छ
उनलाई सबै कुरा थाह छ। समाजका हर हरेक क्षेत्रको ज्ञानछ । तर, एकचोटी अलिक बुद्धिको बिर्को खोलेर फेरि उनलाई सुन्नुत।उनलाई केही थाहै छैन । बस्, मीठो नेपाली शब्द मिसाएर अरुलाई पाठ पढाउन बाहेक?
ओली प्रवृत्ति ठाक्कै यस्तै यस्तै हो।
तर,
ओलीले आज जे गरे, त्यो बाटो उनले दशकौं देखि खनेका हुन् । फलस्वरूप, जनताले ल्याएका उपलब्धिहरु गुम्मे तरखरमा रहेको धेरैले अनुमान गरिरहेछन् ।
ओलीको त कामै यहि थियो।
उनको यो कर्मलाई जानी-जानी सहयोग गर्ने प्रचण्ड-नेपालहरुले दोषको भारी बोक्नु पर्दैनर ?
प्रचण्ड के कारणले ओलीसंग मिलेर अहिले के नमिलेकाले छुट्टीए भन्नेबारे उनले बताउनु पर्दैनर ?
कि, ‘हामी यहाँ छौँ’ लेखेपछि सब माफ भयो ?
प्रचण्डलाई यहाँ ल्याइ पुर्याउन भुमिका खेलेका हजारौं कहाँ छन् भन्ने बारे प्रचण्डलाई हेक्का छ र ?
कहिले प्रचण्डबाट पुष्पकमल।
कहिले पुष्पकमलबाट छबिलाल।
कहिले छबिलालबाट फेरि प्रचण्ड ।
जे गरे पनी अग्रगामी छलाङ रे।
किन कसरी के कारणले रुपान्तरण हुन बाध्य हुनुपर्यो भन्नेबारेउनले जनताला बुझाउन पर्न्र होइनर ?
अहिलेको राजनीतिक अवस्था आउन ओलीको जति दोष छ, त्यो भन्दा बढी दोष प्रचण्डको छ।
किन भने,
उनले केपी ओलीका सारा नियत बुझ्दा बुझ्दै पनीआफ्नो निहित स्वार्थ पुर्ती गर्नैका लागि अप्रासंगिक गठबन्धन बनाएर सिङ्गो आन्दोलनलाई धरापमा पारे।
अब के हुन्छ ?
यो कुरा ‘शेरबहादुरलाई सातपल्टसम्म प्रधानमन्त्री हुने छौ’ भनेर ठोकुवा गरेको ज्योतिषि पनि भन्न सक्दैन् होला।
यो भयो राजनीतिका कुरा।
मैले यहाँ उल्लेख गरेको ‘ओली प्रवृत्ति’का मान्छेहरु तपाइँका वरिपरि कति छन् होला हैँ।
जस्तै,
खेतमा काम गर्न कहिल्यै नजाने तर फल खाने बेला सबै मैले नै गरेको भनेर भ्रम छर्ने।
काम गर्ने कालू मकै खाने भालु जस्तै क्या ?
नहुनुपर्ने राजनीतिक बिकासक्रम भैहाल्यो !
हुनुपर्ने चुनाबसमयमा हुन्न भन्ने थाहै छ।
तर,
अब एक दिन तपक्कै हुनेछ चुनाब।
लेख्नु पर्ने सन्दर्भ प्रवृत्ति बिस्तारै लेखिने छ जरुर।
आजलाई यति,
तर,
एउटा सल्लाह,
आफ्ना वरिपरिका ‘ओली प्रवृत्ति’ भएका मान्छेबाट चाहिँ बच्नुहोला है ?
शनिबार, मङि्सर २७, २०७७ बाट सुरू भएकाे गाउँघर स्तम्भ प्राविधिकका कारणले छुटेकाे छ । अब नियमित याे स्तम्भ प्रकाशन हुने छ -सम्पादक