राजनीतिक सामाजिक जागरणको विभिन्न आयामहरुमा महत्वपुर्ण भूमिका निर्बाह बोधको अनुभूति नभईकन हामीले बुझ्ने वरिपरिको समाजको संरचना, वाताबरण त्यसको रुपमा फेरबदल ल्याउन निकै कठिन पर्ने रहेछ । समाजलाई सहि दिशा निर्देश गर्ने काम राजनीतिको हो।
राजनीति सामाजिक जिबन रुपान्तरण गर्ने सिंगो प्रणालि हो । मैले भन्न खोजेको चाँही के हो भने केहि समयको वरपरमा अलि बढी राजनीति खिचडी पाकेकै हो। म लगायत सारा मानिसको ध्यान राजनीतिक खिचडी बुझ्न ढल्किएको आभाष हामीलाई भएकै हो। त्यो ढल्काइ हाम्रो इच्छा, चाहाना र ज्ञानको परिणाम नभए पनि बरु २०, २५ बर्ष भित्र नेपाल जुन राजनीतिक उथलपुथल बाट गुज्रिएको परिणित हो ।
बास्तबमा त्यही उथलपुथलले हाम्रो इच्छा र ज्ञान आदि निर्माण गर्यो त्यही अनुरुप हाम्रो धारणाहरु बन्दै गए। समयको विषम परिस्थितिको परिबर्तनमा, नेपालको राजनीतिमा निकै चाख लाग्दो असाधारण आबरणहरु देखा परे जुन नेपालीको भाग्गे र भबिष्य सग जोडिएको थियो। हामीले बुझ्ने र पढ्नु पर्ने आबस्यकता बाट हामि च्युत हुदै गयौ।
मानबको वर्ग( संघर्ष को इतिहास को रुपमा बहस पैरवी गर्ने क्रान्तिकारी चिन्तक कार्ल मार्स्क को एउटा प्रसिद् भनाइ छ । आजसम्म दार्शिनिकहरुले संसारलाई ब्याख्या गर्ने कोसिस मात्र गरे, मुख्य कुरा त संसार बदल्ने हो । पक्कै पनि नेपालको सन्दर्भमा यहि भयो जुन संसार बदल्ने र बुझ्ने कामको फरक छ वा छैन भनेर। बुझ्नु र बदल्नु बीच अन्योन्याश्रित द्द्वान्द्दात्मक सम्बन्ध छ। राजनीतिक परिबर्तन र बुझाइ बीच पनि द्वन्द्वात्मक सम्बन्ध रहेको छ ।
यसरी सरसर्ती हेर्दा नेपाली कम्युनिष्ठ आन्दोलन थुप्रै पटक आफ्नै समस्याले अल्झिरह्यो। आम नेपालि जनता अस्थिर राजनीतिको चपेटामा गुज्रिरहेको अबस्थामा नेपालका दुइ ठुला कम्युनिष्ठ पार्टी को एकता सगै हामीले राम्रो संकेतको भरोशा गरेका थियौ। यी दुइ ठुला पार्टी को एकता सगै नेपालि कम्युनिष्ठ आन्दोलन शिकार मा पुगी समाजवादको लक्ष्य प्राप्तिको सहज र सरल यात्राको थालनी गर्नेछ।
समाजवादको मुलकार्यनितिको आधार तयार पारि समाजरुपान्तणको एउटा हिसा ओगट्ने छ र नेपालि राजनीतिको एउटा खम्बा बनि आम नेपालि जनताको ढुकढुकी बन्नेछ । यो आशा हामीले गरिरहेको थियौ तर समय अनुकुल बन्न सकेन प्रतिकुल बनिदियो सारा आशाको किरण हरु ओझेलमा पर्न गयो । जुन काम भैरह्यो यो कदापि बिर्सिन नसक्ने काम भयो।
हामीले समाज शास्त्रीय दृष्टिकोण बाट हेर्दा एक जना जर्मनको कबि तथा नाटककार ुबर्तोल्त ब्रेख्तु को भनाइलाइ अधार मान्ने हो भने आखा चिम्लेर बिश्वाश गर्न छाड्नुस कुनै पनि कुरा स्विकार्नु भन्दा पहिले प्रश्न सोध्नुसू यो उद्गारले के स्पस्पट पार्छ भने हामीले केहि व्यक्तिको चेतना, ज्ञान र धारणालाइ मापन गरेनौ उनीहरुको व्यवहारलाई आलोचना गर्न सकेनौ त्यसकै परिणाम हामीले अहिले भोगिरहेका छौ।
स्थापनाको सात दशक पुगेको अवस्थामा नेपालि राजनीतिमा नेपाल कम्युनिष्ठ पार्टीको उपस्थितिले सामाजिक जिबनको बहुआयामिक पक्षलाई केहि हद सम्म रुपान्तरणको दिशामा उन्मुख गरायो। विभिन्न गुट उपगुट्मा विभक्त नेपाल कम्युनिष्ठ पार्टीको एकताले अग्रगामी छलाङ्ग सहित को कार्यदिशा तयार पार्य। त्यो सिंगो देश आम नेपालि जनाताको आकांक्षाको प्रतिबिम्बित रुप थियो ।
अस्थिर राजनीतिको लामो भुमरीमा गुजल्टिएको सन्दर्भमा यो एकता स्थिर राजनीतिको सुरुवात थियो। स्थिर राजनीतिले देश बिकासको नया ढाचाको संरचना कोर्नेछ र त्यही अनुरुप् समाज रुपान्तरणको मार्ग तयार हुनेछ। तर अपसोच त्यो कार्यनीति र पार्टी एकताको पक्षमा राम्रो संकेत देखापरेन। फेरी उही राजनीतिक घटनाक्रम दोर्होरीने आभाष भैरह्यो। हामीले यो चाहेका छैनौ। जुन नियति २०(२५ बर्ष सम्म भोग्दै आयौ।
२०७७ पुस ५ गते प्रधानमन्त्रि के।पी ।शर्मा वलीको संसद बिघटनको सुरुवात नै अस्थिर राजनीतिको संकेत मान्नु पर्छ। जुन इतिहास साक्षी छ २०५१ मा नेपालि कांग्रेसको बहुमत प्राप्त प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले बिघटन गरे देखिको नजिर रहेको छ। नेपालि जनताले नेपाल कम्युनिष्ठ पार्टी प्रति गरेको बिस्वासले लगभग दुइ तिहाइ भोट प्राप्त गरेको थियो। नेपाल कम्युनिष्ठ पार्टीको नीति, कार्यक्रम सिदान्त र बिचारलाई आधारमानी दिएको मत थियो।
तर, आज त्यो जनमत को इन्कार भएको छ, अबहेलना भएको छ , स्खलित बनाइएको छ। यसको जिम्मेवारी नेतृत्वले लिनेकी नलिने प्रश्न यहा उठ्छ। सवाल नेतृत्वको छ, सवाल जिम्मेवारको छ। ब्यक्तिबादमा बिस्वास गर्ने, अहंकारी, आफुनै सर्बेसर्बा ठान्ने जुन प्रवृति नेतृत्वमा देखा पर्यो यो नै अहिले को समस्याको मुल कारक हो ।
कम्युनिष्ठ पार्टी को मूल कार्यनीति, सिदान्त र बिचारलाई आत्मसाथ नगर्ने, पार्टीमा हुनु पर्ने व्यापक छलफल र बहसलाई प्राथमिकता नदिने , पुजीबादी हरु सग साठगाठ गर्नु, दलाल र भ्रष्टाचारीलाइ संरक्षण गर्ने अभिप्रायका साथ् आफ्ना अभिव्यक्ति दिनु, आफ्नो आलोचना गर्ने मानिसको खेदो खन्नु , आलोचनात्मक चेतलाई भत्काउन खोज्नु, आफु मालिक जस्तो भएर अरुलाई दास को रुपमा हेर्ने प्रवृति नै पार्टी विभाजनको मुख्य कारक हो।
त्यसैले आज यो दुष्परिणाम भोग्दै छौ। हामि मार्क्सबाद मा बिश्वास गर्नेहरुले अलि पर गएर हेर्ने हो भने हाम्रा नेता भनाउदाहरुलाई पाप लाग्न पर्ने हो। नेपालि जनताको भावाना समेट्न नसकेको, हामि जनता माथि घात गरेको,सुखी नेपालि समृद्द नेपाल को सपना बाडेर कुल्चिएको, सामाजिक न्याय सहितको समाज निर्माणमा पछि परेको, नोकोर साही दलाल भष्ट्रचारीको पक्ष पोषण गरेको, समाजबाद उन्मुख राज्य ब्यबस्था प्रति उदासिन बनेको बापत पाप नै लाग्ने हो भने धेरै पाप लाग्छ।
दुइ ठुला कम्युनिष्ठ पार्टी एकता हुदा तयार पारिएको नीति, सिद्दान्त र बिचारको जग मा टेकेर देश निर्माण मा होमिनु पर्नेमा आपसी कलहले जुन समस्याको निर्माण हुदै छ । यो इतिहासको एउटा अक्षम्य भुले गरिदै छ। यदि समस्या नै थियो भने पार्टीको अन्तर-संघर्षलाइ ब्यापक छलफल बहसको माध्यमबाट किनारा लगाइनु पर्थ्यो, राजनीतिको केन्द्र बिन्दुमा जनजीविकाको बिषयबस्तु समेटिनु पर्थ्यो, स्वास्थ्य, शिक्षा र रोजगार जस्ता बिषयलाई राजनीति बिषय भन्दा बाहिर राख्नु हुदैनथ्यो, जस्तो सुकै संकटको घडीमा पनि जनता र पार्टीबिचको सम्बन्धलाई गहन र फराकिलो आखाले हेरिनुपर्थ्यो तर त्यसो हुन सकेन।
यसलाई एउटा गम्भीर भुल त्रुटिको रुपमा लिएर सुधार गरिनु पर्थ्यो।कुन बिचार सिद्दन्तलाई अङ्गीकार गर्ने, कुन बैचारिक धरातलमा उभिएर त्यसको परिमार्जन र अद्धाबधिक गर्नु पर्ने कुराको दस्ताबेजमा अभिलेख राख्नु पर्ने थियो त्यसो हुन सकेन। यी सबै दृष्टिकोणबाट हेर्दा निकै ठुलो भुल कमजोरी देखिन्छ र संकल्प नपुगेको देखिन्छ ।
अन्त्यमा, अहिले देश मा राजनीतिक संकट चुलिदै छ। अस्थिर राजनीतिको फोहोरमा खेल्नेहरुहरुको मुहार फेरी पनि उज्यालो हुदै गएको छ। यो इतिहासको महत्वपुर्ण मोड, जहा राजनीतक दल र नेताहरु अनि अरु सरकारी संबैधानिक अंग, संघ संस्थाले मर्यादित् , बैधानिक आपसी हित तथा समन्वकारि भूमिकाको रेखा कोर्नु पर्दछ। नेपालका राजनीतक दल हरु अबैधानिक, अलोकतान्त्रिक, भ्रष्ट र नाफाखोरी हस्तक्षेप बाट मुक्त हुनै पर्दछ, त्यसो भए मात्र सबैको अस्थित्व रहला ।