काठमाडौं- प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री योगेश भट्टराईले लोकतन्त्रवादीलाई जेल पठाउन बहस गर्ने वकिलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहस गरिरहेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै लोकतन्त्रका विरुद्ध र लोकतन्त्रवादीहरुलाई जेल पठाउन बहस गर्नेहरु असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको पक्षमा बहस गरिरहेको बताएका हुन्।
हिजो लोकतन्त्रका बिरुद्ध र लोकतन्त्रबादीहरुलाई जेल पठाउन बह्सगर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमाबहस गर्दैछन् अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहसगर्ने वकिलजति सबैआज प्रधानमन्त्रीको कदमका बिपक्षमा !
देशमा के हुँदैछ ?— Yogesh Bhattarai (@yogesbhattarai) January 14, 2021
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाई जारी छ। उक्त रिटको विपक्षमा अर्थात प्रधानमन्त्री ओलीका पक्षमा वकिलहरु सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, विष्णु भट्टराई, सुशील पन्त लगायतले बहस गरिरहेका छन्।
उनले लोकतन्त्रको पक्षमा र आन्दोलनकारी नेता-कार्यकर्तालाई जेलबाट छुटाउनका लागि बहस गर्ने वकिलहरु भने प्रधानमन्त्री ओलीको विपक्षमा बहस गरिरहेको बताएका छन्। उनले बहस गर्ने वकिललाई लिएर देशमा के हुँदैछ भनेर प्रश्नसमेत गरेका छन्।
रिटको पक्षमा शुम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमणकुमार श्रेष्ठ, दिनेश त्रिपाठी लगायतका वविलहरुले बहस गरिहेका छन्।
‘हिजो लोकतन्त्रका विरुद्ध र लोकतन्त्रवादीहरुलाई जेल पठाउन बहस गर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमा बहस गर्दैछन्। अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहस गर्ने वकिलजति सबै आज प्रधानमन्त्रीको कदमका विपक्षमा ! देशमा के हुँदैछ?’, ट्विटरमा नेता भट्टराईले लेखेका छन्।