गोरखा- गोरखाको उत्कृष्ट शैक्षिक नतिजा निकाल्न सफल जनशक्ति माध्यमिक विद्यालय नाम्जुङमा चलचित्र छायांकन हुनेभएको छ ।
भूकम्प, कोराना भाईरस लगायत विविध विपत्तिले थलिएको विद्यार्थीहरुको मानसिकतालाई परामर्श नेपालभरिकै विद्यालयबाट यस विद्यालय छनौट गरिएको मानसिक स्वास्थ्य कार्यक्रम नेपालका प्रमुख मधुविलास खनालले बताए ।
विद्यालयको भौतिक अवस्था, भूगोल, वातावरण, शैक्षिक नतिजा आदिको आधारमा विद्यालय छनौट भएको हाे ।
विद्यालयको कक्षाकोठा, शिक्षक स्टाफ, विद्यार्थीलाई पनि चलचित्रमा समावेश गरिने भएकाले पहिलो चरणमा विद्यालय हातको क्लिप, विद्यार्थीहरुको नृत्यहरुको क्लिप छनौट गरि पठाईएको र यस फिल्मले यस विद्यालय देश एवं विदेशमा विद्यालयको प्रचार प्रसार हुने भएकाले अबसरको रुपमा लिइएको विद्यालयका प्रधानाध्याप चिरञ्जीवि काप्रीले बताए । चलचित्र ४-५ दिन छायांकन हुने छ ।