गोरखा–विद्यालय व्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापककाे लापर्वाहिका कारण अस्तव्यस्त बनेकाे बारपाक-सुलिकाेट गाउँपालिका वडा न ८ काे व्रम्हाचारिणी आधारभुत विद्यालयमा नयाँ व्यबस्थापन समिति चयन भएसंगै विभिन्न सहयाेग जुट्न थालेकाे छ ।
सामुदायिक विद्यालयहरूको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउनुपर्ने आजको आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न संस्थाले सहयाेग पुर्याएकाे व्यबस्थापन समितिका अध्यक्ष अमर बहादुर गुरूङले बताए ।
गाउँ वातावरण नेपाल नाम संस्थाले आधारभुत विद्यालयलाई ल्यापटप, प्रोजेक्टर र फोटोकपी मेसिन सहयोग गरेको छ ।
विद्यालयलाई प्रविधिमैत्री वनाउन सहयाेग पुग्ने भन्दै संस्थाले सात थान ल्यापटप, दुइ थान प्रोजेक्टर र एक थान फोटोकपी मेसिन सहयोग गरेकाे हाे । विद्यालयमा एक कार्यक्रमक गरि साे सामाग्रि हस्तान्तरण गरेकाे हाे ।
विद्यालयका प्रधानाध्यापक आशा श्रेष्ठ र गणेश परियारलाई सोहि संस्थाले दश दिने आइसिटि तालिम पनि प्रदान गरेको छ ।