कथा सुरु हुन्छ ७७ बर्ष बा ‘बाजे’ (जस्को म घरको डाक्टर अर्थात फेमेली डाक्टर) को प्रश्नबाट । डाक्टर बाबु म त चाडै नै मर्छु कि क्या हो ? प्रश्न साहै पेचिलो !
मेरो उत्तर आउछ । सबै मर्छ्न नि को बाचिँरहन्छ र बाजे हजुर त ७७ पुगि सक्नु भो । हामी त त्यति सम्म त कहाँ पुग्छौ र ? बा खिस्स हासी वरि प्रश्न गर्नुहुन्छ ।
एउटा मृगौला बिग्रेर काम गर्दैन भन्नु भएको पनि धेरै भो अब त्यसैले लाने भो नि ? अर्कोले कति दिन धान्ने हो त्यो पनि बिग्रेको छ कि क्या हो क्या हो?
प्रश्नै प्रश्नको थुप्रोमा म ।
दाइने तिरको त बिग्रेको छ भन्नू भो पुरै बिग्रेको कि ? अलि-अलि त काम गर्छ कि खत्तम भो ? फेरि पनि प्रश्न।
अनि अर्को पनि त्यो देब्रेले कति काम गर्छ होला।
त्यो पनि ढुस भो होला ।
दात देखाएर हासे बुढा ‘बा’ ।
अनि फेरि सोधे- थाहा पाउन सक्छन् त डाक्टर बाबुले ।
त्यो ७७ बर्से बुढा ‘बा’को प्रश्नको उत्तर दिने पालो मेरो आयो ।
बिदेशमा त हुन्थ्यो ‘बा’ सोधपुछ गर्छु।
झ्वाट्ट सम्झना आइहाल्यो SPECT scan जुन मैले सन २००२ -२००३ तिर चीनमा पढ्दा देखेको र अनुभव गर्न पाको थिए । त्यो प्रविधि नेपालमा पहिलो चोटि २०२० मा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा भित्रेको सुनेको थिए ।
ती ७७ बर्से बाको प्रश्नको उत्तर म संग होइन डा जीवन पौडेल संग थियो ।
त्यसैले फोन लगाइयो ।
बिरामी बा कान थापेर उत्सुकता साथ सुन्दै छन् । Renal function test (मृगौलाले काम कति गरेको छ। कति प्रतिशत गरेको छ । त्यसकाे पाई-पाई जाच्न मिल्ने । दाइनेले कति प्रतिशत काम गरेकाे छ र देब्रेले कति प्रतिशत काम गरेकाे छ पुरै गरि एक-एक हिसाब गरि निकाल्न मिल्ने । दाइने बिग्रेको कि देब्रे मृगौला बिग्रेको भनी पक्का भन न मिल्ने) यो नेपालको लागि नयाँ जाँच हुने पक्का भयाे नयाँ मेडिकल कलेज भरतपुरमा ।
फोनको बीचमा नै मैले भने ल बा जाँच हुने भो सब थाहा हुन्छ ।
बाले सोधे पैसा कति लाग्ने हो ।
फेरि मैले पनि साेधेर भनी हाले १२ हजार ५०० हो रे बा ।
छोराले हुन्छ नि कति त खर्च भैसक्यो हेरुम न त भनी भन्नू भो ।
अनि बिदावरी भैइयो । अब सब थाहा हुन्छ बाजे है भन्दै ।
२-४ दिन पछी बिरामी जाँच्न् पुग्नु भो डा. जीवनको फोन नम्बर दिएर पठाएको थिए बाको छोराले फोन गर्नु भो । मैले भने गोरखाबाट आएको भन्नुस न । जाँच गरिसके पछी फेरि फोन छोराको आयो । उहाँ निकै उत्साही हुनु हुन्थ्यो । जीवन डाक्टर सा’बले राम्रोसंग हेरिदिनु भो ।
त्यति टाढा गोरखाबाट आउनु भएको रहेछ । म राम्रोसंग हेरि दिन्छु भन्नू भाको छ बा खुसी छन् । बाकाे छोराले भने । राम्रो रेस्पोन्स गर्नु भयाे डा जीवन सरले एकदम खुसी लाग्यो । रिपोर्ट भोलि आउने कुरा छ भनी फोन काटियो।
यसरी मेरो गाउँ गोरखाकाे बिरामी र उनको आफन्तलाई सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद डा जीवन पौडेल र उहाँको टिमलाई ।
रिपोर्ट आयो दाइने मृगौला (Rt kidney) पुरै काम नलग्ने जन जिब्रोको भाषामा ‘ड्यामेज’ भो । अर्को खुशी र सुन्दर कुरा चाहिँ देब्रे (Lt. Kidney) काम गरिररहेको रहेछ। अन्त्यमा धेरै धेरै धन्यवाद डा जीवन अनि उनको टिम अफ नयाँ मेडिकल कलेज (Chitwan medical collage ) यसरी नयाँ प्राविधि भित्र्याएकोमा त्यो पनि मेरो गाउँ गोरखा नजिकै हामी गोर्खालीले पनि सुबिधा उपभोग गर्न पाउने गरि ।
अन्तिममा, मेरो उत्तर गयो ‘अब चौरासी गर्नी हो बुढा बाजे।’
गोरखा बासिको नयाँ प्रबिधीको बिकासबारे जनचेतना र सुचनाको लागी हो यो मेरो दैनिकी कथा ।
डा. गोर्खाली गाेरखा रहेकाे आमा-बा हस्पिटलका डाक्टर हुन् ।