नेपालको कुल जनसंख्या मध्ये जेष्ठ नागरिकहरुको (६० वर्ष र माथि) कुल जनसंख्याको ८.१ प्रतिशत अर्थात करीब २१ लाख रहेको तथ्याङ्क छ भने यो समूहको जनसंख्या वृद्धिदर ३.३९ प्रतिशत रहेको पाइन्छ । यी संख्याका जेष्ठ नागरिकहहरुमध्ये ६०–६५ उमेर समूह अझैपनि निरन्तर बौद्धिक एवं श्रममूलक कार्यमा संलग्न भएको देखिएको छ ।
तथापि विभिन्न उत्पादनमूलक कार्यसंलग्नताका हकमा निजहरुको स्वास्थ्य स्थिति, आर्थिक अवस्था र कामको प्रकृति भने फरक फरक रहेको छ । हाम्रो मुलुकमा नागरिकहरुको अपेक्षित आयु हाल ६६.५१ वर्ष रहेको पाइन्छ ।
तथापि हिमाल पहाडमा बसोबास गर्नेको अपेक्षित आयु बढी छ भने मधेशमा बसोबास गर्ने गरीब मुसहर लगायतका जातजातिको अपेक्षित आयु हिमाल तथा पहाडको भन्दा कम रहेको अनुसन्धानले देखाएको छ । यसरी मानिसको आयुलाई हावापानी, रहनसहन, गरीबी, उपलव्ध स्वास्थ्य सेवा आदिले असर पारेको हुन्छ ।
संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरी राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रत्याभूत गरेको छ । दिगो विकास लक्ष्यमा ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षा लगायत सुरक्षित, समावेशी र पहुँचयोग्य हरित तथा सार्वजानिक खुल्ला ठाँउहरुमा पहुँच सर्वसुलभ गर्ने विषय समावेश भएको छ ।
सरकारले ज्येष्ठ नागरिकको संरक्षण, स्याहारसुसार र सुरक्षा गर्नको लागि वृद्धाश्रम र दिवा सेवा केन्द्रहरु सञ्चालन, यातायालमा विशेष सहुलियत, औषधोपचार, सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधा उचित किसिमबाट प्रदान गर्न सकेको छैन नाममात्रको सामाजिक सुरक्षा भत्ता लिन पनि जेष्ठ नागरिकलाई ठूलो कष्टकर छ । जेष्ठ नागरिकको जीवन सहज, सुरक्षित एव्म सम्मानित बनाई सामाजिक न्याय कायम गर्नुपर्ने आवश्यकता रहेको छ ।
नेपालमा रहेका जेष्ठ नागरिकहरुलाई उपलव्ध स्वास्थ्य सेवा र रेखदेख स्याहारको स्थिति के छ भनी आँकलन गर्ने हो भने क्षेत्र विशेष, आर्थिक अवस्था, सचेतना आदिले प्रत्यक्ष असर पारेको देखिन्छ । निश्चय नै वृद्धावस्थामा मानिसको शारीरिक अवस्था कमजोर हुन्छ, विभिन्न रोगले सताउँछ र बुढ्यौलीले पनि केही हदसम्म शिथिल तुल्याउँछ, यस्तो अवस्थामा रेखदेख र स्याहारको आवश्यकता पर्दछ ।
जीवनको यही अवस्थालाई सहज बनाउन स्वयं ज्येष्ठजनले आफुमा धैर्यता राखी आफ्नो शारीरिक अवस्था अनुरुप पथपरहेजलाई मनन गर्नुपर्छ भने परिवारका सम्पूर्ण सदस्यबाट शारीरिक स्वास्थ्य लगायत यथोचित व्यवहार, रेखदेख, स्याहार समेतमा ध्यान दिनुपर्ने नितान्त आवश्यक छ ।
समयको फेरवदलको कारण देखाई आफुलाई जन्म दिई लालनपालन गर्ने आमा बाबुलाई आफ्नो परिवार तथा इष्टमित्रबाट वेवास्ता गरी केहीलाई खाना, लाउन, बस्न समेत नदिई घरैबाट निकालिएको अवस्था र राज्यले पनि जेष्ठ नागरिकलाई उचित किसिमको आवश्यक व्यवस्था नमिलाई राजनीतिक दलहरु निहित स्वार्थमा लागि सो समस्या हल गर्न ठूलो चुनौति भएको छ ।
आमाबाबुलाई हेला गर्ने, वृद्धाश्रम पु¥याउने, खान, लगाउन नदिने, औषधोपचारबाट टाढै राख्ने प्रवृत्तिले नेपाली समाजलाई मानवताशून्य बनाएको छ । सम्पत्ति भएका वा नभएका दुवैखाले जेष्ठ नागरिक ढल्कँदो उमेरमा केवल पीडाका पात्र बनेको पाइन्छ ।
सम्पत्ति हुने बाबुआमालाई करकाप गर्ने, छलछाम गर्ने, तर्साउने र जालझेल गरी स्वार्थसिद्ध गर्ने छोराछोरी एकातिर निन्दनीय छन् भने सम्पत्ति नभएका बाबुआमाप्रति रत्ति दयाभाव नराख्ने, दुव्र्यवहार गर्ने सन्तान घोर कलङ्कका पात्र बनेका छन् । साथै सत्ताधारी राजनीतिक दलहरु सदैव कुर्सीको खेलमा लागि जेष्ठ नागरिकप्रति उचित किसीमको ध्यान पु¥याउन सकेको छैन्न, यो झनै विडम्बना हो ।
मातृदेवो भवः, पितृदेवो भवः जस्ता आदर्श बोकेको समाज आमा, बाबुप्रति यतिबिघ्न निर्दयी हुनु निश्चय नै सामाजिक पतनको दृष्टान्त हो । केवल भौतिकवादी सोच र लालसाले गर्दा आजको समाज भावनारहित हुँदै गएको छ । समयमै बुद्धि नपु¥याउने हो भने मानव समाज झन्भलन् कठोर, निष्ठुर हुँदै जाने सम्भावना छ ।
यही यथार्थलाई ध्यानमा राखेर हुनसक्छ, विकसित देशका अगुवा वर्गले जेष्ठ नागरिकको सम्मान र सुविधाका निम्ति मनग्ये क्रियाशिलता बढाएका छन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि संविधान तथा कानुनमा जेष्ठ नागरिकका हक, हितबारे प्रत्याभूति नरहेको होइन तर सत्तासीन राजनीतिक दलहरु आफ्नै स्वार्थमा लागि सो कार्य गर्ने उनिहरुलाई फुर्सद नै छैन् ।
ज्येष्ठ नागरिकलाई सेवा सुविधा र सामाजिक सुरक्षा पार्याप्त नहुनु साथै सत्ताधारी राजनीतिक दलले जेष्ठनागरिकलाई उपेक्षा गर्नु, उनीहरुको ज्ञान, सीप र अनुभव राष्ट्रले उपयोग र नयाँ पीढिमा हस्तान्तरण गर्न नसकिनु, शारीरिक र मानसिक रुपमा असक्त, असहाय, एकल, बेवारिसे तथा पीडामा परेका ज्येष्ठ नागरिकको उचित संरक्षण नहुनु, सन्तानले बाबु–आमा प्रति पुरा गर्नुपर्ने दायित्व वहन र हेरचाहमा क्रमशः ह्रास हुँदै जानु, बुढ्यौलीको कारणले लाग्ने विभिन्न रोगहरुको निदान तथा उपचारको यथोचित व्यवस्था नहुनु र ज्येष्ठ नागरिक प्रतिको श्रद्धा र सम्मानमा ह्रास आउनु यस क्षेत्रका समस्या हुन् ।
ज्येष्ठ नागरिकिका विषयलाई समानरुपमा सम्बोधन र व्यवस्थापन गर्नु, ज्येष्ठ नागरिकको संख्यामा वृद्धि हँुदै जाँदा सो अनुसार सेवा सुविधा पर्याप्त व्यवस्था गर्नु, ज्येष्ठ नागरिकाको ज्ञान, सीप र अनुभवलाई समाज विकास र पूर्वाधार निर्माणमा उपयोग गर्नु, ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुव्र्यवहारको अन्त्य गर्नु, उनीहरुको आर्थिक तथा सामाजिक हक अधिकारको संरक्षण गर्नु र उनीहरुका लागि उपयुक्त एवम् पर्याप्त दिवा सेवा केन्द्र, क्लव, औषधोपचार सहितको आरोग्य आश्रमको निर्माण तथा सञ्चालन उचित मात्रामा गर्न नसक्नु यस क्षेत्रको चुनौतिको रुपमा रहेका छन् ।
संविधानद्धारा ज्येष्ठ नागरिकको विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु, ज्येष्ठ नागरिकको व्यवस्थापन स्थानीय तहको अधिकार रहनु, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्ने वातावरण सिर्जना हुँदै जानु र ज्येष्ठ नागरिकको हक र अधिकारको रक्षा र प्रवद्र्धन गर्न राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा सरकारको प्रतिवद्धता रहे पनि विभिन्न कारणले गर्दा नेपालमा यथार्थ रुपमा पालना गर्न सकिएको देखिदैन् ।
जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षाका क्रममा रेखदेख, स्याहार र स्वास्थ्य सेवा अत्यन्त संवेदनशील विषयहरु हुन् । स्याहार र स्वास्थ्य जस्ता विषय विकासशील मुलुकमा चुनौतिको रुपमा रहेको छ । हाम्रो जस्तो देश जहाँ पारिवारिक आर्थिक एवं शैक्षिक स्थिति, कमजोर स्वास्थ्य सेवाप्रति सजगताको कमी, उपलव्ध साधन एवं विज्ञताको कमी भएको सन्दर्भमा धेरै कठिनाईको सामना गर्नुपर्ने अवस्था छ ।
सामान्यतयाः शारीरिक दुर्वलता वाहेक वृद्धावस्थामा हुने बहिरोपन, आँखा सम्बन्धी समस्या, दम, छाती सम्बन्धी समस्या मुख्य देखिएका छन् । यी वाहेक मधुमेह, अल्जाईमर, रक्तचाप, मुटु सम्बन्धी समस्या, क्षयरोग, डिप्रेसन, अपाङ्गपनजस्ता समस्याले सामान्यतया वृद्धवृद्धाहरु सताइएका हुन्छन् ।
जेष्ठ नागरिकहरुका लागि परिवार, समुदाय र राज्यले निम्न कुरामा विशेष ध्यान दिनु पर्ने देखिन्छ । ती हुन्ः घर परिवारका सदस्यले यथोचित माया ममता, प्रेम र समय दिनु पर्ने, सरकारले समयमै वृद्ध भत्ता निकासा गरी उचित र सहज तरिकाबाट वितरण गर्नुपर्ने, स्वास्थ्य सेवामा विशेष सहुलियत दिनु पर्ने, वृद्ध भत्तामा वृद्धि गरिनु पर्ने, बेसहारा र असक्त जेष्ठ नागरिकलाई विशेष भत्ता वा लालनपालनको व्यवस्था सरकारबाट हुनुपर्ने, यातायात, स्वास्थ्य सेवा जस्ता सुविधा निःशुल्क उपलव्ध गराउने व्यवस्था हुनु पर्ने, घर परिवारका सदस्यले खान, लाउन, स्वास्थ्योपचारमा ध्यान दिनु पर्ने, सरकारले उपलव्ध गराउने सुविधा विना भेदभाव सहज र सरल तरिकाबाट प्राप्त गर्न सक्ने व्यवस्था हुनु पर्ने, सके सम्म घरमै वृद्ध भत्ता उपलव्ध गराउने व्यवस्था हुनु पर्ने हाे ।
परिवारलाई वृद्ध, जेष्ठजनहरुको उचित रेखदेख, स्याहार, सामान्य स्वास्थ्य उपचारजन्य विषयमा अनुशिक्षण वा प्रशिक्षणको व्यवस्था, लोकप्रिय सञ्चार माध्यमबाट रेखदेख, स्याहार उपचारबारे जनचेतना कार्यक्रम, घरेलु एवं परम्परागत स्याहार र उपचार पद्दतिको उपयोग, अस्पताल, स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई स्याहार र उपचारबारे अनुशिक्षण, सुरक्षात्मक प्रवन्धका लागि घर परिवार वरपरको भौतिक वातावरण, व्यवहार वृद्ध मैत्री तुल्याउने, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, वृद्धाश्रम, हेरचाह केन्द्र आदि संस्थामा कार्यरत जनशक्तिलाई परम्परागत एवं आधुनिक रेखदेख, स्याहार र चिकित्सा पद्दतिबारे प्रशिक्षित गर्ने लगायत काम गर्नु हाे ।
स्थानीयस्तरमा कार्यरत गैर सरकारी संस्थाहरुलाई जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा, स्याहा, स्वास्थ्य सेवाका विषय समावेश गर्न प्रोत्साहित गर्ने, मानसिक स्वास्थ्य सबलताका लागि ध्यान, सत्संग आदि जस्ता आध्यात्मिक क्रियाकलापमा संलग्न गराउने, स्वास्थ्य स्थिति सवलताका लागि रुचि र क्षमता अनुसार सामान्य योग, अभ्यासका विधिहरु अपनाउने, निरन्तर शारीरिक सुसंगठनका लागि सक्रिय रहन रुचि र क्षमता अनुसारका कार्यहरुमा क्रियाशील रहने बानीको विकास गराउने, महिला जेष्ठ नागरिक एवं एकल महिलाहरुका लागि विशेष स्वास्थ्य सेवा एवं परामर्श सेवा संचालन गर्ने, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्नको लागि नीति निर्माणमा सहभागिता र स्रोतमा पहुँच सुनिश्चित गर्ने, जस्ता कुरामा विशेष ध्यान दिनु आजको आवश्यकता हो ।