उ यो देशको सबै भन्दा भयानक निर्बिकल्प व्यक्ति हो र म सबै हो, सबै मेरा हुन् भण्ठान्दछ । बडो ठुलो क्रान्तिको नेतृत्व गरेको ठान्छ। मैले पढे , मैले बुझे अनुसार क्रान्तिकारीले आफ्नो स्वाभिमान बेचेको मलाइ थाहा छैन ।
उसले राजनैतिक एबम बैचारिक परिपक्कतालाई समाज रुपान्तरणको ठोस मार्ग निर्देशको प्रतिबिम्ब देख्छ। तर उसले यी कुराहरुको परिपक्कतामा सामाजिक न्याय सहितको परिबर्तन देख्दैन। अराजकता, दिशाहीन , विचारहीन सिद्दान्तको माद्द्यम बाट परिबर्तन देख्छ, त्यसकारण उ आफ्नो स्वाभिमान मा बिचलित नेतृत्व भएको ठान्दछ ।
उसले गरेका हरेक कामहरु यथार्थपरक ढंगले होइन अलिकति झुट, अलिकति काल्पनिक, भ्रामक बिषयबस्तुलाइ तोडमोड गरेर बनावटी कुरालाइ सत्यताको रुप दिन खोजिएको हुन्छ। उसले लेख्ने र बोल्ने हरेक साहित्यक रसहरुमा स्वच्छन्दबाद निष्क्रिय भएको हुन्छ, सक्रिय र क्रान्तिकारी भावानाहरुको उडानमा प्रचुरता देख्दैन ।
यस प्रकार को कल्पना र भावानामा जिबन परिबर्तन गर्ने, बिद्रोह वा संघर्षको लागि प्रेरित गर्ने कुनै पनि सुचनाहरु सम्प्रेषण हुदैनन् त्यस कारण उ दिशाहीन नेतृत्व जसले हामीलाई शासन गरिरहेको छ । सारा मानिसले उसका लागि अवसर जुटाई दिए, उसलाई चाकडी गर्ने धेरै भए, अहंकार बढ्यो तर उसले आफुले आफैलाई अहंकारी,स्वच्छाचारी र घमण्डी देख्दैन, अरुले जे सुकै भनुन मतलब भएन, नैतिकताहिन मानिसले आफ्नो मुल्यांकन आफै गर्छ र भन्छ म सबै हु।
निहित स्वार्थहरु इमानदारीपूर्ण दायित्वको मुल्यांकनका लागि राम्रो असल आधार हुन कदापि सक्दैनन्।यो हामीले देखेको अनुभब गरेको सामाजिक संरचनाको मूलभुत बुदा हो। यतिबेला उसलाई उन्माद चढेको छ, त्यहि उन्मादको कारणले सामन्ती दुश्मन सग लडेर ल्याएको व्यवस्थालाई लत्याउन खोजिदै छ, बिर यौद्दाहरुको हृदयको स्वतन्त्रता र अधिकार माथि कुठाराघात हुदै छ। यति ठुलो व्यवस्थालाई जोगाउनको लागि साहस, संघर्ष नभएको कारणले, सम्झौताहीन तरिकाले अघि बढ्ने बिशेषता हरु भएकाले उ स्वाभिमानहिन नेतृत्व भएको छ।
समसामयिक राजनीतिक व्यबस्थाको विकृत र अस्थिर सत्ता बाट सृजित समस्याहरुको पक्ष पोषण गर्ने उही दिशाहीन नेतृत्व बाट निर्माण भएको छ,के हामि निर्दोष सार्बभौम जनताले यहि विकृत सत्ताको पक्ष लिने हो या विकल्प खोज्ने हो रु त्यो हाम्रो लागि प्रशस्त बाटो हरु हुन सक्छ। हामि आम जनताले स्वच्छन्दरुपले राज्यसत्ताको सबल पक्षहरुमा बहस र छलफलहरु केलाउदै दिशाबोध ढंगले अघिबढिरहेको ब्यबहारिक पक्ष को सधै वकालतगर्ने हरु सग निर्णयमा पुग्ने गरि उभिनु जरुरि रहेको छ।
हामि साधरणा जनताले बुझ्दा स्वाभिमानी र क्रान्तिकारीहरुको सहि बिचारबाट निस्कने प्रत्येक अबयबहरुले परिबर्तनको राको बालेको हुन्छ, यथास्थितिलाई भत्काई दिएको हुन्छ। बिसर्जनबादको प्रत्येक आर्क मा रुपान्तरण र गतिशील पाइलाहरुले खुट्टा उचालेको हुन्छ, तर यहा उल्टो दिशामा घुमेको बिचार लादिएको छ, प्रतिक्रान्तिको प्रसंशा गरिएको छ, सारा बिधि र पद्दतिमा निर्मम प्रहार गरिएको छ।
यसरि सरासर दिउसै रात पार्न खोज्दा सचेत आम बुद्दिजिबि, युबाहरुले आफ्नो भूमिका निभाउनु पर्दैनरु एक जना लेखक ‘आण्टिनिया ग्राम्सिलेु लेख्या जसरि हाम्रो समुदाय मा रहेका मानिस हरु सबै बुद्दिजिबि हुन्छन, तर सबै मानिसले समाजमा बुद्धिजिबिको काम गर्दैनन्’ यो वाक्यलाई विश्लेषण गर्दा समाजमा बुद्दिजीबी को भूमिका के हो भन्ने प्रश्न उठ्नु स्वाभाविक होइनररु समाजमा भएको स्थापित मूल्यमान्यता एबम मापकहर केहि प्रभुत्वशालि समूहहरुको नियन्त्रणमा हुन्छ।
अहिले नेपाल को राजनीतिक घटनालाई नियाल्ने हो भने ठिक यहि कामहरुलाइ राजनीतिक सस्कारकोरुपमा अभ्यास गरिदै छ। मुट्ठिभरको परच्छन्द बौद्दिक भनौदाहरुले यस्ता मर्यदा, मुल्य मुल्यमान्यताको आधारमा बर्चस्व निर्माण गर्दै आफ्नो अनैतिक, अपाच्य धारणाहरु आम जनता माझ लादन लागिरहेका छन्।
त्यसै अनुरुप राज्यसत्ताको शक्तिलाई दुरुपयोग गरिरहेका छन्, यस्तो काम नैतिकतावान नेतृत्वले गर्न चाहदैन। सत्ताको आखा बाट सधै चेतनशील जनताले बेलाबखत गर्ने स्वाभिमानपुर्ण आन्दोलनहरु, क्रान्ति हरु, आफ्नो अधिकारको माग हरु एकछिनको लागि झैँझमेलो जस्तो ठान्छन तर अन्ततोगत्व यो ठोस अर्थपुर्ण निर्णयको लागि सुरुवात गरियको हुन्छ। हाम्रो मुलुकको अवस्था त झन् झन् हाम्रो दृष्टिमा सोझै चिन्ताक हुदै छ। किनभने यहा नया व्यबस्थाको भोग गर्न नपाइकन निमोठने कोसिस हुदै छ ।