काठमाडौं- भक्तपुरको भक्तपुर नगरपालिका-१० कमलविनायक निवासी ३१ वर्षीय विकास तजलेलाई प्रहरीले जबर्जस्ती करणीमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी थप अनुसन्धान अघि वढाइएको प्रहरीले जनाएको छ।
उनले सर्लाही घर भई भक्तपुर नगरपालिका–१० कमल विनायकमा डेरागरी बस्ने १९ वर्षीया युवतीलाई १४ माघमा बलात्कार गरेको आरोप छ।
बलात्कारपछि फरार रहेका तजलेलाई सुराकीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
गिरीका अनुसार माघ १४ गते दिउँसो युवतीको कोठामा पसेर उनले डर, धम्की दिई जबर्जस्ती करणी गरेका थिए।
युवतीले माघ १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दिएपछि प्रहरीले तजलेको खोजी गरेको थियो।