गाेरखा– जिल्लाको जनशक्ति माध्यमिक विद्यालय सहिद लखन गाउँपालिका-९, नाम्जुङमा ‘मनको संसार’ नामक लघु चलचित्रको छायाँङ्कन कार्यक्रम सकिएको छ ।
सि.एम.सी नेपालको आयोजनामा संचालन भएको सो चलचित्रको एक हप्ता यसै विद्यालयको हाताभित्र छायाँङ्कन भएको सि. एम.सी. नेपालका कार्यक्रम संयोजक मधुविलास खानालले जानकारी दिए ।
करिव आधा घण्टाको सो लघु चलचित्रमा विद्यालयका करिव आधा दर्जन विद्यार्थीहरु तथा केही शिक्षकहरुको मुख्य मूमिका रहेका छ । यस चलचित्रले किशाेरस्थामा विद्यालय जान मन नलाग्ने बालबालिकाको मानसिक समस्यालाई प्रस्तुत गरको चलचित्र निर्देशक एवं लेखक तोया घिमिरेले बताए ।
विभिन्न मानसिक समस्याका कारण विद्यालयमा जान मन नलाग्ने, विद्यालय गए पनि मन लगाएर नपढ्ने आदि समस्याका बालबालिकालाई विद्यालयकै शिक्षकले समस्याको खोजी गरी समाधान गर्न सक्ने यस लघु चलचित्रले देखाएको छ ।
यस लघुचलचित्र नेपालभरका विद्यालयमा पु¥याईने तथा मनोपरामर्श तालिकको प्रयोजनार्थ उपयुक्त हुने उदेश्यले निर्माण गरिएको र एक महिनाभित्रै चलचित्र तयार हुने सि.एम.सी नेपालले जनाएको छ ।