गोरखा- पालुङटार नगरपालिकामा ट्याक्टर चालकमाथी प्रहरीले बिनाकारण निर्घात कुटपिट गरेको छ ।
बुधबार बिहान मध्य पहाडी राजमार्गको चेपेखाेला र मिर्दी खोलाको बिचभागकाे क्रसरबाट ढुङ्गा लिएर भन्डारथोक जाने क्रममा ट्याक्टर चालक राम बहादुर बर्खेलमाथी निर्घात कुटपिट भएको हो ।
सादा पोशाकमा रहेका इलाका प्रहरीले कार्यलय ठाटिँपोखरीका प्रहरी हवलदार टोप बहादुर थापाले उनीमाथि बिनाकारण कुटपिट गरि घाइते बनाएका हुन् ।
घाइते बर्खेलको टाउको र आँखामा गम्भीर चोट लागेको छ । उनलाई उपचारको लागि नगरपालिकाको एम्बुलेन्समा भरतपुर लगिएको छ।प्रहरी थापाको कुटाइ छल्न लुक्दा समेत उनले थुतेर निर्घात कुटेको पीडितले बताए ।