गाेरखा- बारपाक-सुलीकोट गाउँपालिकाले चालु आर्थिक बर्षको छ महिनामा ३१.३२ प्रतिशत प्रगति गरेको छ ।
मंगलबारदेखि सुरु भएको आठौँ गाउँसभा तथा हिउँदे अधिवेशनमा गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले अध्यक्षको प्रतिवेदन पेश गर्दै गाउँपालिकाको प्रगतिको बारेमा जानकारी गराएका हुन् ।
गाउँपालिकाको कुल ६० करोड रुपैयाँ बजेटमध्ये साउनदेखि पुस मसान्तसम्म चालुतर्फ ३३.८६ प्रतिशत र पुजीगततर्फ २७.१७ प्रतिशत गरी कुल ३१.२३ प्रतिशत खर्च गरेको छ ।
गाउँ परिषदको पहिलो दिन मंगलबार गाउँपालिकाले सम्पादन गरेका कार्यक्रमहरुको अर्धवार्षिक समीक्षा गरिएको थियो । अध्यक्ष भट्टले अध्यक्षको प्रतिवेदन, उपाध्यक्ष सनमाया गुरुङले उपाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।