फाइल तस्बिर
गाेरखा- अस्थायी प्रहरी चाैँकी च्याङलीबाट खटिएको प्रहरीले ‘एक थान एक नाले बन्दुक’ बरामद गरेको छ।
पालुङटार गाउँपालिका-८, धुवाकाेटकाे मधुवन सामुदायिक वन स्यालडाँडाबाट शनिबार बेलुका प्रहरीले बन्दुक बरामद गरेको हो।
चोरी सिकारी गर्ने उद्देश्यले नचिनेका मानिसहरू हिँडिरहेको अवस्थामा च्याङलीबाट खटिएको प्रहरीकाे उक्त परिणामकाे हतियार बरामद गरेको हो।
यसअघिपनि पालुङटार नगरपालिका-६, गाँइखुरकाे घिमिरे चोक र बोतेनीको बीचमा पर्ने जङ्गलबाट १ थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको थियाे।
सामुदायिक वनमा चाेरी तथा शिकारी गर्ने उद्देश्यले यस्ता खालका हातहतियार प्रयाेग हुने प्रहरीले अनुमान गरेकाे छ ।
चोरी सिकारी गर्ने उद्देश्यले नचिनेका मानिसहरू हिँडिरहेको अवस्थामा च्याङलीबाट खटिएकाे प्रहरीलाई देख्नासाथ उक्त हतियार छोडी फरार भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले हाल फरार भएकाहरूको प्रहरीले खोजी गरिरहेको छ ।