गोरखा- उत्तरी गोरखामा गएरातीदेखि भीषण हिमपात परेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकासं क्षेत्रमा हिमपात परेको स्थानीयबासीहरुले बताएका छन् ।
धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखामा रहेको एकिकृत नमुनाबस्ती हिउँले ढाकिएको छ ।
त्यस्तै सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामागाउँ लगायतका ठाउँमा गएरातीदेखिको हिमपातका कारण मानिसहरु घर बाहिर निस्कन समेत समस्या परेका छन् ।
हिमपात पछि जनजिवन कष्टकर भएको छ । हिउँ परे सँगै बालबच्चा, वृद्धवृद्धालाई चिसोले सास्ती थपिएको छ ।
हिउँले बालीनालीमा फाईदा पुग्ने भन्दै किसान खुसी भएका छन् । हिउँ परे सँगै उत्तरी क्षेत्रको खर्कमा राखिएका पशु चौपायालाई पनि तल्लो सुरक्षित क्षेत्रमा झारिएको स्थानियले बताएका छन् ।
उत्तरी गोरखामा हिमपात भएसँगै तल्लो भेगमा जाडो बढेको छ । उच्च हिमाली क्षेत्रमा ४ फिट हिउँ जमीसकेको छ ।