गाेरखा- स्थानीय पूर्वाधार विकासमा टेवा पुग्ने उद्देश्यले स्थापना भएकाे चन्द्राेदय टाेल विकास संस्थाले गाेरखा नगरपालिका-७ मा विभिन्न विकास सम्बन्धि कार्यक्रम गर्ने भएकाे छ ।
स्थानीय पर्यटकीय क्षेत्रकाे खाेजी गर्दै संस्थाकाे पहलमा स्थनिय विकासका लागि नयाँ कार्यक्रम ‘वनभोज क्षेत्र विकाश’ र दक्षिणकाली मन्दिर निर्माणको कार्य प्रारम्भ गर्ने भएकाे संस्थाका अध्यक्ष विजय ज्ञवालीले बताए ।
साथै, संस्थाकाे साधारणसभा समेत भएकाे थियाे । संस्थाका कोषाध्यक्ष मनोहरी ज्ञवालीले सचिव र कोषाध्यक्षको वार्षिक प्रगति प्रतिवेदन प्रश्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सदस्य कृष्णबहादुर राना मगरलाई समाजमा उत्कृष्ट कार्य गरेवापत २ हजार ५ सय नगद सहित सम्मान गरिएको थियो ।
त्यस्तै, टोल विकास संस्थामा गत वर्ष सडक निर्माणको लागि आर्थिक सहयोग गर्ने स्थानिय सदस्य निर्मल ज्ञवालीले २० हजार र ठुलो सामुदायिक बन उपभोक्ता समितीवाट २० हजार सहयोग प्राप्त भएकाे संस्थाले जनाएकाे छ ।
दक्षिणकाली मन्दिर निर्माणमा सहयाेगका क्रममा स्थनिय तेज बहादुर रोकाले २ लाख वरावरको ४ आना जग्गा, हाल अमेरिका निवासी भरत सिंह पेलाले मन्दिरको जग लगाउन ५० हजार सहयाेग र हाल जापान निवासी नानिमाया थापा मगरले २ लाख ५० हजार बरावरको पाटी निर्माणमा सहयाेग गरेकाे ज्ञवालीले जानकारी दिए ।