नेपालको राजधानी काठमाडाैं उपत्यकामा शहरीकरण तीव्र छ । प्रकृतिले सिर्जना गरेको हावा, पानी, पहाड, नदीनाला, वनजंगल आदि शहरीकरणको तिव्र चापले गर्दा ह्रास भएको छ । जसको फलस्वरुप आदिम कालदेखि मानव सहित पर्यावरण सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरुको सन्तुलन विनाश भएकोछ ।
सो विनाशको फलस्वरुप लाखौं नागरिक आकस्मिक समस्या भोग्न बाध्य भएका हुन् । मुख्य समस्याका रुपमा श्वास प्रश्वास, प्रदुषण, सार्वजनिक स्थल विनाश, शारीरिक यातना एवं मृत्यु समेतछन् । नेपालको प्रमुख शहर काठमाडाैंकाे सन्दर्भमा वातावरणको मुख्य समस्याको रुपमा छ ।
काठमाडौंमा वायु प्रदुषणको मुख्य कारकको रुपमा भन्नुपर्दा अव्यवस्थित सहरीकरण, सवारीसाधनको बढ्दो चाप, ईटा भट्टा र जाडोयाममा खुला रुपमा जथाभावी फोहोर जलाउने, जनसंख्या वृद्धि, प्राकृतिक श्रोतको दोहन, समन्वयको अभाव, आधुनिक प्रविधिको जथाभावि प्रयोग, वनजंगल विनास, अव्यवस्थित औद्योगिकरण, फोहर मैलाको अव्यवस्थित, अनुगमनको अभाव, ऐन कानूनको कार्यान्वयन नहुनु, जनचेतनाको कमि, अवैज्ञानिक सडक विस्तार, भुकम्पवाट विनास भएका भौतिक संरचनाहरुको निर्माण तथा मर्मतले गर्दा काठमाडौंमा धुलो र धुवाँकोे प्रदुषण उच्च विन्दुमा छ ।
वायु प्रदूषणका कारण हामीले श्वास लिने हावामा शुद्ध अक्सिजनमात्र नभई यसमा अन्य हानिकारक ग्याँस, धूँवाजन्य तत्व नाइट्रस अक्साइड, सल्फरडाइ अक्साइड, मिथेन, क्लोरोफ्ल्युरो कार्वन इत्यादि तत्वहरुको सम्मिश्रणले हावालाई विषाक्त तुल्याई मानव स्वास्थ्यलाई नै असर पु¥याउँदछ ।
उपचारको लागि औषधीकोमात्र गुणस्तर भएर हुँदैन, हामी बाँच्ने वातावरण पनि स्वच्छ हुनु जरुरी हुन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सहरी क्षेत्रमा २५ माइक्रोग्राम भन्दा बढी धुलो हुनु हुँदैन तर काठमाडौँमा भने त्यसको त्यसको चार गुणाभन्दा माथि वायु प्रदुषण बढी सकेको छ ।
हावामा मिसिएको १० पार्टिकुलर म्याटरका धूलोका कण नाक तथा घाँटीसम्म पुग्ने प्रकृतिका हुने र २.५ पी.एम. सम्मका साना मसिना धूलोका कण सीधै रगतमा मिसिई मुटुरोग, दम, फोक्सोको क्यान्सर तथा अन्य रोगहरु लाग्न सक्ने देखिन्छ । यसवाहेक वायु प्रदुषणका कारण वातावरणलाई प्रत्यक्ष असर पारी ओजोन तहविनाश, जलवायु परिवर्तन, अम्लीय वर्षा जस्ता दीर्घकालीन प्रभावहरु पार्दछन् । नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई सफा तथा स्वास्थ वातावरणमा वाँच्न पाउने मौलिक हक प्रदान गर्नुका साथसाथै पीडितले प्रदूषकवाट क्षतिपूर्ति भराई लिन पाउने व्यवस्थासमेत गरेको छ ।
काठमाडाैं उपत्यकाको प्रमुख शहरको वायु प्रदुषण नाप जाँचको दृष्टिकोणले पनि काठमाडाैंलाई सबैभन्दा न्यून स्तरका शहरमा सूचीकृत गरिएको पाइएको छ । तथ्याङ्क विश्लेषण, उपलव्धता, प्रदुषण इभेन्ट्री र वायु गुणस्तर व्यवस्थापन पनि कमजोर समेत रहेको उल्लेखित गरिएको पाइन्छ । काठमाडाैं प्रदुषित शहर बन्नुको कारक तत्वमा बनोटलाई पनि लिन सकिन्छ । जाडो याममा तिव्र गतिमा हावा नचल्ने र पानी पनि नपर्ने कारणले धुलोका कणहरु तथा प्रदुषित हावा बाहिर जान नपाई उपत्यकाको वायुमण्डलमा थुप्रिएका वायु प्रदुषण बाक्लिएर इन्फ्लुएन्जा तथा कोरोना भाईरसको प्रभाव पनि बढ्दै जाने सम्भावना हुन्छ । जसका कारण श्वास प्रश्वास तथा कोरोना जस्ता रोगको शिकार भई गुणस्तरीय स्वास्थमा पनि ह्रास भएको छ ।
वायु प्रदुषण हुनुको प्रमुख कारणको रुपमा अन्तर सरकारी निकायको समन्वयको अभाव पनि प्रमुख हो । एउटा निकायले गरेको कार्य प्रति अर्को निकाय पूर्ण अनविज्ञ हुनु जस्तै सडक विभागले भर्खर वाटो निर्माण गरेको हुन्छ त्यहाँ निर्माण पश्चात खानेपानीको पाइप विच्छाउन सडक खन्ने भनेर भत्काउने, त्यो काम सिधिन्छ पुनः ढल निकासले ढल राख्नलाई सडक विगार्ने आदि आदि ।
काठमाडौँ उपत्यकाको हावामा माटोको धुलो, गाडिको धूवाँ, फलाम, र सिसा जस्ता हानिकारक कण उच्च मात्रामा रहेका छन् जसले जनस्वास्थ्यमा प्रतिकुल असर पारेका छन् । एक त उपत्यकामा बढ्दै गएको वायु प्रदुषण र त्यस माथि पनि कोरोना माहामारीको कारण जनजिवन कष्टकर बन्दै गएको छ ।
यस्तो हुनको कारण एक आपसमा समन्वय नहुन हो, जसले गर्दा अर्वौं रुपैंया ह्रास भएको छ । जसको फलस्वरुप भत्काई खनिएको सडकवाट निस्किएको माटो लामो समय सम्मपनि सडकमै छोडिनु र यसरी न्युनतम आधारभूत प्रक्रिया समेत पुरा नगरि गरिएको कृयाकलापको फलस्वरुप उक्त माटो धुलोमा परिनत हुनगई धुलाका स–साना कण वायुमा प्रवेश तथा सवारी साधन घर्षण तथा गतिले गर्दा हावामा मिसिनगई वर्तमान अवस्थामा चरम वायु प्रदुषण हुन गएको छ ।
अर्कातिर सवारी साधनवाट निस्किने धूलो धूँवाले वायु प्रदुषण भएको छ । सवारी साधनवाट निस्कने धूलोमा पाइने लिड तथा वेन्जीन, कार्वन मोनोअक्साइड लगायतको तत्वको समीश्रणले गर्दा स्वास प्रस्वासका माध्मवाट मानव शरीरमा प्रवेश गरि गुणस्तर जिवनमा खरावी पैदा गरि विभिन्न रोगको सिकार भईन्छ । विकास र वातावरण दुवै अपरिहार्य छन् । वातावरण र विकास विच संतुलन कायम गर्न सक्नु पर्छ । वायु प्रदुषण तथा वातावरण प्रदुषण बहुपक्षीय प्रभाव राख्ने विषय भएको हुँदा यसबाट देखा पर्ने समस्या सहभागिता मूलक पद्धतिबाट समाधान गर्नुपर्दछ ।
माथि उल्लेखित कारक तत्वको कारणले नेपालको राजधानी काठमाडाैं शहरमा वातावरणीय प्रदुषण संगसंगै देखा परेका समस्याको सुधार नभएको अम्लीय तथा हिलो वर्षाको गम्भीर समस्याको चापमा काठमाडाैं उपत्यका नपर्ला भन्न सकिदैंन । आकाशमा चर्को घाम लागिरहेकै बेला अचानक वर्षा हुने गरेको दृश्य हिजो आज सामान्य बन्दै गएको छ । कहिले काही त आकाशे पानीको रङ्ग पनि छुट्टै देखिने गरेको छ । जो कोहीको मनमा पनि यसले खुलदली पैदा गर्न सक्छ, यस्तो किनभयो? वर्षाको पानी आफै रंगिन हुनुको कारण धेरैलाई थाहा नहुन सक्छ ।
वैज्ञानिकका अनुसार यो अम्ल वर्षा (एसिड रेन) हो । बढ्दो प्रदूषणका कारण अम्लवर्षा आम समस्या बनिसकेको छ । यसको असर अत्यन्तै खतरनाक हुन्छ । बोटबिरुवालाई मात्रै होइन ऐतिहासिक धरोहरलाई पनिक्षति पु¥याउँछ । चुनढुंगाले बनाइएका धरोहरहरु र त्यसमा प्रयोग गरिएका धातुहरुलाई अम्ल वर्षाले कुरुप बनाउने गरेको छ ।
काठमाडौँ उपत्यकाको भौगोलिक वनावटका कारण वायु प्रदुषण वहन गर्नसक्ने क्षमता अत्यन्त कमजोर भएको तथ्यलाई दृष्टिगत गरी प्रदूषण जन्य स्रोतहरुको वैज्ञानिक अध्ययन तथा अनुसन्धानमा आधारित भई वस्तुपरक ढगले विश्लेषण गरी यातायातका साधनहरुको व्यवस्थित सञ्चालन, ग्रीन स्टिककरको व्यवस्थागरि प्रभावकारी अनुगमन, विकास निर्माणका योजनाहरुको कार्यान्वयन, उद्योग धन्दा एवं कल कारखानाहरुको विकास र विस्तार गर्दै उत्पन्न फोहोर मैलाको उचित व्यवस्थापन गरिनु पर्दछ ।
वातावरण मैत्री प्रविधिको आयात गर्दै त्यसको उपयोगलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरिनु पर्छ । निर्माण व्यवसाय सम्बन्धी विशिष्ट नीति, कानुन, योजना र कार्यक्षेत्रगत शर्तहरुको निर्धारण गरिनु पर्दछ । वायु प्रदूषण नियन्त्रणलाई प्रभावकारी बनाउन विशिष्टकृत कानुन बनाई प्रभावकारी ढगबाट कार्यान्वयन गरिनुपर्दछ ।
अन्तर्सरकारी निकायवीच समन्वय नहुनु पनिवायु प्रदूषणको एक सशक्त कारण भएकोले सो वीच समन्वय हुनु अति आवश्यक छ । प्राकृतिक दोहन प्रति नागरिक चेतना वृद्धि हुनुपर्ने, राजनीतिक स्वार्थ त्याग्नु, योग्य तथा दक्ष जनशक्ति परिचालन, जिम्मेदारी एवं कर्तव्यवोध, उचितकानून, पूर्वाधार विकास, गैरसरकारी सञ्जाल, फोहोरलाई मोहोरमा परिणत, मानवश्रोत साधनको उचित प्रयोग, दीर्घकालिन योजना, आर्थिक क्रान्ति, सक्षम जनशक्ति विदेश पलायन हुननदिने, द्ध्रन्द घटाई पूर्ण शान्ति, शहरीकरण विकेन्द्रीत आदि कार्य भएमा मात्र अधिकारमुखी विकासको अवधारणा अनुसार व्यवस्था गरिएको नागरिकको मौलिक हकको रुपमा रहेको स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित भई गुणस्तरीय जिवन जिउनमा टेवा मिल्नेछ ।