काठमाडौं- नेपाल प्रहरीले आज (बिहीबार) गिरफ्तार गरिएकी नेकपा (प्रचण्ड-माधव समूह)की केन्द्रीय सदस्य नेतृ रामकुमारी झाँक्रीलाई आजै रिहा गरेको छ। निवासबाटै गिरफ्तार गरिएकी झाँक्रीलाई प्रहरीले केहीबेर अगाडि रिहा गरेको हो।
हिरासतमुक्त भएपछि नेतृ झाँक्रीले आफ्ना अभिव्यक्तिमा कुनै पनि पश्चाताप नभएको प्रतिक्रिया दिएकी छन्। उनले आफू अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लडिरहने समेत उल्लेख गरिन्।
झाँक्रीले चौतर्फी दवावका कारण सरकार आफूलाई रिहा गर्न बाध्य भएको बताएकी छन् । अपराध महाशाखाबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै झाँक्रीले यस्तो बताएकी हुन् ।
झाँक्रीले आफू पक्राउ परेपछि सरकारको विरोध गर्दै आफ्नो समर्थनमा सडकमा देखिएको भीड र चरम दवावका कारण सरकारले आफूलाई छाड्न बाध्य भएको प्रतिक्रिया दिएकी हुन् ।
झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र सरकार तानाशाहको बाटोमा हिँडेको भन्दै अभिव्यक्ति स्वतन्त्रता कुनै हालतमा कुण्ठित नहुने पनि दावी गरिन् । उनले आफूहरुले अहिलेको लडाइँ जित्ने पनि दावी गरिन् ।
झाँक्रीलाई उनकै निवास शंखमूलबाट बिहीबार दिउँसो पक्राउ गरी महानगरीय अपराध महाशाखा, मीनभवन लगिएको थियो। उनलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई उनका कार्यकर्ताले अवरोध गरेका थिए। झाँक्रीले पनि पक्राउ पूर्जी नभइ गिरफ्तार गर्न नमिल्ने भनेकी थिइन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ पूर्जी थमाएको थियो।
केही दिन पहिले गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा आबद्ध महिला नेताहरूले झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।
भिडियाे
सम्बन्धित समाचार
रामकुमारीको टिप्पणी : विद्या भण्डारीलाई सेतो साडीमा चुनाव लडाउनु गल्ती थियो
रामकुमारी भन्छिन्- राष्ट्रपतिविरुद्ध बोल्न पाइन्छ, महिला अस्मिताको प्रश्न कसरी आयो ?
ओलीलाई अंहकारी, सन्की, तानाशाह भन्दै रामकुमारी झाँकीले भनिन्- राष्ट्रपति उनकै प्यादा!
प्रहरीलाई रामकुमारीको चुनौती : यो राजनीतिक मुद्दा हो, पक्राउ पूर्जी लिएर आउनुस्
रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा प्रहरीले थमायो पक्राउ पुर्जी
रामकुमारीलाई हुनसक्छ ७ वर्ष कैद र ७० हजार जरिवाना
रामकुमारी झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरियो : प्रचण्ड
रामकुमारी झाँक्रीको पक्राउ सर्वसत्तावादी र अधिनायकवादी चरित्र : शेखर कोइराला
केपी ओलीले पार्टी प्यालेसहरुमा कमेडी देखाइरहेका छन् : रामकुमारी झाँक्री
वामदेवप्रति झाँक्रीको कटाक्ष : प्रचण्ड-माधवका कुरा ओलीलाई लाएर बार्गेनिङ गरे