काठमाडौं- सिजन मिडियाद्धारा आयोजना गरिएको ‘लेटमिइन मिसेज व्यूटी क्वीन’ नेपाल २०२१ का प्रतियोगीहरुलाई ट्राफिक सचेतना सम्वन्धी जानकारी दिइएको छ ।
प्रतियोगीहरुलाई ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सिताराम हाछेथुद्धारा ट्राफिक नियमहरुवारे सवारी साधनहरुको दुर्घटना न्यूनीकरण तथा सुरक्षीत यात्रा कसरी गर्न सकिन्छ भन्ने वारे प्रतियोगीहरुलाई शिक्षा प्रदान गरेका हुन् ।
सन्देश मुलक भिडियो तथा मौखिकरुपमा प्रतियोगीहरुलाई हाल उपत्यका लगायत देशै भरिका सहरहरुमा अव्यवस्थीतरुपमा सञ्चालन भएकासवारी साधनका बारेमा शिक्षा दिइएकाे मिडियाले जनाएकाे छ ।
‘जहाँ जाम त्यहाँ सिताराम भनेझै’ ट्राफीक प्रहरीवाट अवकास प्राप्त सिताराम हाल ललितपुर महानगर प्रहरी प्रमुखको कार्यभार समाले पछि ललितपुर क्षेत्रमा रहेका अव्यवस्थीत फुटपाथ तथा सरहलाई कुरुप वनाउने होडीङवोडहरु हटाएर उदाहरणीय काम गर्नुरेका छन् ।
हाल उनले ललितपुर लगायत विभिन्न स्कुल तथा विभिन्न कार्यक्रममा ट्राफिक शिक्षा प्रदान गर्दै आएका छन् भने ललितपुर महानगर प्रहरीलाई पनि ट्राफिक तालिम दिलाई हाल ललितपुर महानगरपालीकामा यातायात सहजताको लागी अहोरात्र खट्दै आएका छन् ।